ट्रेन्डीङ्ग

पाल्पामा एमसिसि विरुद्ध ६ दलकाे काेणसभा सम्पन्न

मुक्ति गैरे/माेहन निवाङ,पाल्पा,फागुन ६। पाल्पामा एमसिसि विरुद्ध ६ दलले काेणसभा कार्यक्रम सम्पन्न गरेको छ।

एमसिसी सम्झौता विरुद्ध गरिएको अाजकाे प्रदर्शन कार्यक्रम तानसेनकाे बर्तुङ्ग चाेकमा भएको थियोे।

प्रदर्शनलाई सम्बाेधन गर्दै राष्ट्रिय जनमाेर्चाका पाल्पा अध्यक्ष विशाल दर्लामि राष्ट्र प्रेमि शक्तिहरु देश बचाउन पार्टी भन्दा माथि उठेर लाग्नुपर्ने बताउनुभयो। उहाँले नेपाली काँग्रेसले एमसिसि पास गर्न लागेकोमा आपत्ति जनाउदै भन्नुभयो यदि एमसिसि पास गरिए जनताले एमसिसिका र पास गर्ने दलका कार्यलयहरु ध्वस्त गर्ने बताउनुभयो। उहाँले एमाले कम्युनिस्ट भएर पनि एमसिसिका बिषयमा चु समेत नबाेलेकाेमा आश्चर्य लागेको बताउनुभयो उहाँ अझै कम्युनिस्ट बनेर हिडिराख्न अब एमालेलाई कुनै नैतिकता समेत नदिएको बताउनुभयो । उहाँले माअाेवादि केन्द्र भुमिगत शैलीमा एमसिसि पास गराउन लागि परेको बताउनुभयो।

माओवादिका केही प्रदर्शनहरु बार्गेनिङका लागि भएको समेत बताउनुभयो । उहाँले मुख्य दलका नेतृत्वहरु कारण देश संकटमा पर्न लागेको हुँदा आम जनसमुदाय आन्दोलनमा उठ्नु पर्ने बताए । उक्त कार्यक्रम संचालन नेकपा निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य लंक बहादुर रानाले गर्नु भएको थियोे भने कार्यक्रम प्लेकार्ड सहित नेता कार्यकर्ताहरुकाे उपस्थितिमा सम्पन्न भएको भनेर नाराबाजी पनि गरिएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal