ट्रेन्डीङ्ग

बर्दघाटमा नेपाल बन्दको पूर्व सन्ध्यामा मसाल जुलुस

नवलपरासी। अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेशन(एमसीसी)को विरोधमा आन्दोलनरत कम्युनिष्ट पाँच दल र एक मोर्चाले बुधबार नेपाल बन्दको घोषणा गरेका छन।

नेपाली कांग्रेसले बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी प्रस्ताव पेश गर्ने निर्णय गरे लगत्तै एमसीसीविरुद्ध आन्दोलन गर्दै आएका विभिन्न ५ पाँच दल र एक मोर्चा बुधबार नेपाल बन्दको घोषणा गरेका हुन।

एमसीसीविरुद्धनेत्रविक्रम चन्द नेतृत्वको नेकपा,मोहन वैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी),ऋषि कट्टेल नेतृत्वको नेकपा,विश्वभक्त दुलाल‘आहुती’नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र(समाजवादी) र सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले बुधबार नेपाल बन्दको घोषणा गरेका छन।

बन्द सफल बनाउन भन्दै नेपाल बन्दको पूर्व सन्ध्यामा पश्चिम नवलपरासी सहित देशैभर मसाल जुलुस गरिएको छ।बर्दघाटमा भएको मसाल जुलुसमा विप्लव नेकपा,क्रान्तिकारी माओवादीका नेता कार्यकर्ताहरुले एमसीसी सम्झौता खारेज गर दलालहरु होसियार लगायतका नारावाजी गरेका थिए ।

शिवनगरबाट निकालिएको जुलुस बर्दघाट चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कार्यक्रममा क्रान्तिकारी माओवादीका प्रदेश सदस्य क्षेत्रबहादुर थापा र विप्लव नेकपामा बिशेष जिल्ला सदस्य गंगाराम ज्ञवालीले संसदबाट एमसीसी पारित गरिए एमसीसीका दलाल र मतियारहरुलाई जनताले नांगेझार पार्ने बताउनुभयो।

जुलुसमा नेकपा माक्र्सवादी पुष्पलाल र स्थानीय जनताहरुले समेत साथ दिएका थिए।पाँच दलीय मोर्चाले बन्द सफल बनाउन आब्हान समेत गरेका थिए ।

राष्ट्रघाती एमसीसी पास गर्नेहरुका बिरुद्ध लाग्न अपिल गर्दै मोर्चाले बन्द सफल बनाउन सबैसंग आग्रह गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?