वालिङ,मंसिर २२ ।
वालिङ नगरपालिकाका बिभिन्न वडामा नर्सरी व्यवस्थापन तालिम सञ्चालन गरिएको छ । कृषकहरुको माग र आवश्यक्ताका आधारमा गाँउगाँउमा मौसमी तथा बेमौसमी तरकारीको नर्सरी तालिम सञ्चालन गरिएको हो । कृषकका खेत तथा बारीमा नै गएर प्रयोगात्मक प्रशिक्षण प्रदान गरिएको हो ।
वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भईरहेको कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना’ अन्तर्गत वडा तहमा नर्सरी तालिम सञ्चालन गरिएको हो ।
तालिममा कृषकलाई तरकारी लगाउने तरिका,बर्नाको संरक्षण र रोपण लगायतका बिषयमा प्रशिक्षण प्रदान गरिएको परियोजना प्रमुख राधाकृष्ण डुम्रेले जानकारी दिनुभयो ।
कृषकहरुको माग र वडाको सिफारिसका आधारमा तालिम सञ्चालन भईरहेको संस्थाले जानकारी दिनुभयो ।तालिममा दियालो/युएनडिपीका प्राविधिकहरु शोभाकान्त पाण्डे र राजेन्द्र प्रसाद लामिछाने लगायतले प्रशिक्षण गरेका थिए ।
वालिङ नगरपालिकाका आलु उत्पादन गर्ने कृषकहरुलाई खेतमा नै पुगेर तालिम प्रदान गरिएको छ । समूहगत तथा व्यक्तिगत रुपमा आलु खेती गर्दै आएका कृषकहरुलाई आलु लगाउने,हुर्काउने,खन्ने र बिउ संरक्षण गर्ने तरिकाको बारेमा जानकारी गराईएको छ ।
नेपाल कृषि अनुसन्धान परिषद (नार्क)का पूर्ब बरिष्ठ बैज्ञानिक तथा आलु बिज्ञ डाक्टर भिम बहादुर खत्रीले उनीहरुलाई आल खेतीका सम्वन्धमा बिभिन्न जानकारी गराउनु भएको थियो ।
वालिङ नगर भित्रका कृषकहरुले बिभिन्न सहकारी र समूह नै बनाएर आलु खेती गर्न शुरु गरेकाछन् । कृषकहरुको मागका आधारमा खेतमा नै गएर कृषकहरुलाई आलु खेती सम्वन्धमा प्रयोगात्मक तालिम सञ्चालन गरिएको वालिङ नगरपालिकाले जनाएको छ ।
वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भईरहेको ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना’ अन्तर्गत व्यवशायीक तालिम खेती सम्वन्धी प्रयोगात्मक तालिम सञ्चालन गरिएको हो ।
तालिममा युएनडिपी नेपालका सञ्चार अधिकृत कोमल प्रसाद भट्टले कृषकहरुको मागका आधारमा बिज्ञबाट सहजीकरण गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा बिभिन्न ५ वटा आलु उत्पादक सहकारी संस्थाका कृषक तथा व्यवशायीक रुपमा आलु खेती गर्दै आएका कृषकहरु गरस्ी ५० जनाको सहभागिता रहेको थियो ।