ट्रेन्डीङ्ग

ड्रिम हब प्रा.लि.ले कामकाज नामक नयाँ एप ल्याउदै

काठमाडौं।ड्रिम हब प्रा.लि.ले रोजगारसँग सम्बन्धित नयाँ एप “कामकाज” निर्माण गरि प्रयोगमा ल्याउने घोषणा गरेको छ।नेपाली युवाको रोजगारी समस्या समाधान गर्न यो एपलाई क्रान्तिकारी कदमका रूपमा लिइएको ड्रिम हब प्रा.लि.ले जनाएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ)कपिल थापाले यस “कामकाज” नामक एपलाई “नयाँ सनसनी” भनी व्याख्या गरेका छन्। उक्त एप निर्माण पश्चात् बिकसित मुलुकहरुमा जस्तै काम खोज्न र गर्ने सहज हुने उनको भनाई छ।

त्यस्तै, कम्पनीका प्रबन्ध निर्देशक (एमडी) कृष्ण श्रेष्ठले पनि “कामकाज”ले नेपाली युवाहरुलाई स्वदेशमै रहन प्रेरणा दिने बताएका छन । उनले भने, “कुनै समय मैले पनि सामान्य काम नभेट्दा देश छोड्नुपरेको थियो, तर अबको पुस्ताले यहाँ नै अवसर पाउनेछन्।”

यो एपमा पूर्णकालीन, आंशिककालीन, र हातहातमा नगद पाउने रोजगारीका अवसर उपलब्ध हुनेछन्। कम्पनीले चाँडै नै थप विवरण सार्वजनिक गर्ने जानकारी दिएको छ।ड्रिम हब प्रा.लि लामो समयदेखि फोटोग्राफी,भिडियोग्राफी डकुमेन्ट्री निर्माण तथा ग्राफिक्स डिजाइन लगायत मल्टिमिडियाको काम गर्ने उदेश्यले उर्जाशिल युवाहरुद्वारा संचालित कम्पनी हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal