ट्रेन्डीङ्ग

तरकारी प्रशोधन तालीमले प्रशिक्षार्थीहरु उत्पादनमा जोडिए

पुरन अधिकारी, असोज ६, सुनवल ।

युरोपियन युनियनको आर्थिक  सहयोग, ब्रिटीस काउन्सिलको व्यवस्थापन दक्षता (TVET) को सहयोग ,देउराली जनता प्राविधिक शिक्षालय बुटवलको प्राविधिक सहयोग एवं दियालो सहकारी सुनवल र सुनवल नगरपालिकाको सहकार्यमा कृषि स्वरोजगारको लागि साझेदारी परियोजना अन्तर्गत सञ्चालित तरकारी प्रशोधन तालिम सुनवल १ महाकवि देवकोटा प्राविधिक शिक्षालयमा सञ्चालन भइरहेको छ।

 

करिब ३ महिना सम्म सञ्चालन हुने उक्त तालिममा कृषकले उत्पादन गरेका तरकारीबालीलाई प्रशोधन गरि नया नया खाधन्न परिकारहरु निर्माण गरि कृषकहरूको लागत सुनिश्चित गर्दै थप आर्थिक आर्जन  सङ्गै स्वरोजगार बन्न समेत टेवा पुग्ने आयोजक सस्था देउराली जनता प्राविधिक शिक्षालयका सन्तोष शर्माले जानकारी दिनु भयो ।

आफ्नै खेत र बारीमा उत्पादन हुने तरकारीलाई प्राक्टिकल माध्यमबाट दैनिक जसो कुनै न कुनै प्रशोधित खाधन्नको रूपमा परिणत गर्दै प्रशिक्षार्थीहरुलाई सिकाईएको तालिमको प्रशिक्षक गोमा पाण्डेको दाबी छ भने यस तालिमबाट आफुले गाउँ घरमा बनाइएका तरकारीहरुको परिकारहरु भन्दा स्वाद र गुणस्तरमा अब्बल पाउनुको साथै लामो समयसम्म उक्त खाधन्न परिकार टिक्ने समेत प्रशिक्षार्थीद्वय मिना खड्का र निशा गाहाको भनाइ छ।

तालिम अवधिमा बेलाबखत तालिमका बारेमा थप जानकारी प्रदान गर्न र प्रशिक्षार्थीहरुको सिकाईलाई मुल्यांकन गर्न सहयोगी सस्थाका प्रतिनिधिहरुको तालिममा उपस्थितिले आफु सङ्गै सम्पुर्ण प्रशिक्षार्थीहरुमा थप उत्साह जागेको बताउने कोपिला तिवारीले अनुगमनकै क्रममा सुनवल नगरपालिकाका जनप्रतिनिधिहरुले तालिम पश्चयात प्रशिक्षार्थीहरुले उत्पादन गरेका प्रोशोधित खाधन्नहरुलाई
बजार व्यवस्थापनका लागि सहजिकरण गर्ने धारणा व्यक्त गरेकाले तालिम पछि समुह बनाई उत्पादनमा समेत जोड दिने जानकारी गराउनु भयो।

तालिमको सहयोगी सस्था समेत रहेको दियालो सहकारी सुनवलका अध्यक्ष विमल ढकालले तरकारी प्रशोधन तालिम लामो समयको सम्भवतः प्रदेशमा नै यो पहिलोपटक सञ्चालन भएको बताउदै यिनै सहयोगी सस्थाहरुकै पहलमा सुनवलमा जुनियर प्राविधिक सहायक कृषि र पशु एवं सामुदायिक पशु सहायक गरि थप तिनवटा तालिमहरु समेत सञ्चालन भइरहेकाले अायोजक सस्थाहरु प्रति कृतज्ञता प्रकट गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?