![](http://safalpost.com/wp-content/uploads/2024/01/सुनवल-महायज्ञ-दोस्रो-दिन-scaled.jpg)
सुनवल । सुनवल जारी महायज्ञको आज दोस्रो दिन १७ लाख रुपैंया रकम संकलन भएको छ।नगद र जिन्सी गरि १७ लाख रुपैया रकम संकलन भएको आयोजक हाम्रो सुनवल निर्माण सत्मार्ग महायज्ञ मुल समारोह समितिका संयोजक भिमबहादुर थापाले जनाकारी दिए ।
यही माघ ८ गते सम्म संचालन हुने महायज्ञमा चन्दादाताहरुले निरन्रतर सम्पर्क गर्नुभएको र लक्ष्य पुरा हुने आर्थिक समितिका संयोजक मोहन कार्किले बताए।
आज दोस्रो दिन १५ लाख वत्ति प्रज्वलन समेत भएको मुल समारोह समितिका महासचिव लेखनाथ खरेलले जानकारी दिए।
महायज्ञमा प्रमुख कथा वाचक वाचन प्रविण दिनवन्धु पोखरेल र वालब्यास श्रवण न्यौपाने द्धारा गरिएको कथा वाचन श्रवण गर्न हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरुको उपस्थीति रहेको महायज्ञ मुल समारोह समितिका प्रवक्ता कृष्ण लामिछानेले जानकारी दिए ।