ट्रेन्डीङ्ग

बाग्मति खाडसारी मिलले किसानहरुलाई उखुकाे बीउ र सामाग्री उपलब्ध गराउदै

नन्दु यादव कार्तिक १५ नवलपरासी । पश्चिम नवलपरासी जिल्लाकाे सुस्ताकाे कुडियामा स्थापित बाग्मति खाडसारी मिलले यसबर्ष किसानहरुलाई उन्नत जातकाे उखुकाे बीउ उपलब्ध प्राबिधिक सल्लाह,किटनाशक औषधि र खेत जाेत्नकाे लागि कृषि सामाग्री समेत उपलब्ध गराउने कुडिया मिलका उखु बिभाग शाखाका प्रमुख हाेमकान्त लम्सालले जानकारी दिनु भयाे ।

किसानहरुकाे खेतलाई हेरेर प्राबिधिक सल्लाह अनुसार co०११८,co२३८,co९८०१४,co२०६१ र mh१००००१ लगायतकाे नामक उन्नत जातकाे बीउ उपलब्ध गराउने वहाले बताउनु भयाे। यसबाट किसानहरुलाई उत्पादनमा बृध्दि हुने बिश्वास लिएकाे बताउनु भयाे।

उत्पादन सगै आर्थिकरुपमा किसान लाभावन्तित हुने वहाले बताउनु भयाे ।त्यसै गरि खेत जाेत्न र ड्याङ(घाेहा)बनाउनकाे लागि टेन्चर,एमबि प्लाव,रेजर र ईन्टर कलचर लगायतकाे कृषि सामाग्री समेथ मिलले उपलब्ध गराउने भएकाे छ ।

खासगरि ज्यालाहरुकाे कमि हुँदै गएपछि किसानहरुलाई सहजताका लागि मध्यनजर गर्दै कृषि सामाग्री उपलब्ध गराउने बताईएकाे छ ।

कृषि सामाग्री प्रयाेग गरि किसानले पुन सामाग्री फिर्ता गरिने शर्तमा उपलब्ध गराउने बताईएकाे छ भने उखुकाे बीउ पनि अर्काे साल उत्पादन गरेर मिललाई आफुले लगायकाे उखुकाे परिमाण बराबरकाे उखु उपलब्ध गराउने पर्ने शर्त रहेकाे छ।

किसानहरुलाई सहजताकाे लागि अर्काे बर्ष देखि हाल रहेकाे २४घण्टामा १४ हजार क्विन्टल उखु पेल्ने क्षमतालाई २०हजार क्विन्टल पुर्याउने उदेश्य ले मिलमा सामानहरु जडान गरिने लम्सालले बताउनु भयाे।

 

याे बर्षदेखि किसानले भुक्तानीका लागि सहज गराउनका लागि अनलाईनबाट पुर्जि सकलन गरि १ हप्ताभित्र भुक्तानी दिने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयाे।

अब हामिले किसानहरुलाई प्राबिधिककाे सल्लाह सहित उन्नत जातकाे बिउ र सामाग्रीले किसाहरुकाे कम लागतमा बढि उत्पादन हुने र आर्थिक अवस्थालाई मजुबत बनाउने मिलले लक्ष्य राखेकाे वहाले बताउन भयाे ।

अहिले प्रतापपुरकाे साेमनीमा किसान सम्पर्क कार्यालय खाेलि सेवा र सल्लाह दिदै अाएकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?