असोज २३ वालिङ ।वालिङमा हाटबजार स्थापना गरिएको छ । वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना र वालिङ नगरपालिका, दियालो गैह्रसरकारी संस्था, यूएनडिपि नेपाल,उद्योग वाणिज्य संघको साझेदारीमा वालिङ ८ खेलमैदानको गेटस्थित हाट बजारको उद्दघाटन गरिएको हो । हाटबजारको उद्दघाटन गर्नुहुँदै नगरप्रमुख दिलिपप्रताप खांणले हाटबजारले किसानहरुका कृषि उत्पादनको बजारीकरणमा सघाउ पुर्याउने भन्दै यसको निरन्तरतामा जोड दिनुभयोे।प्रमुख खांणले भन्नुभयो, ‘गाँउगाउँमा कृषकहरुले उत्पादन गर्नुभएका कृषि उपजहरुलाई संकलन केन्द्रमार्फत हाटबजारमा विक्रि वितरण गरिनेछ।कृषि उपजको बजारीकरणका लागी नगरपालिकाले प्राथामिकताका साथ अगाडि बढेको छ ।’
साथै प्रमु खांणले गाउँगाउँका सहकारीका भवन,क्लबका भवनहरुलाई संकलन केन्द्र बनाई केन्द्रबाट हाटबजारसम्म ल्याउने र विक्रि गर्ने वातावरण सृजना गर्ने भन्दै यहाँ खपत भई बाँकी रहेका उपजहरुको बाहिरी जिल्ला निर्यात गर्न समेत नगरपालिकाले सहयोग गर्ने बताउनुभयो।कार्यक्रममा उपप्रमुख कल्पना तिवारी,यूएनडिपि नेपालका गण्डकी तथा लुम्बिनी प्रदेश संयोजक सुदिप अर्याल, दियालो संस्थाकी अध्यक्ष कविता गैह्रे,वालिङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अर्जुनप्रसाद खनाललगायतले बोल्नुभएको थियो ।
हाटबजार शनिबादेखि ३ दिनसम्म चल्नेछ भने अव हरेक साताको शनिबार हाटबजार सञ्चालन हुनेछ।हाटबजारमा कृषिजन्य वस्तु, पशुजन्यवस्तु, कृषि औजार, हस्तकलालगायतका स्टलहरु रहेका छन्।स्टलहरु निशुल्क उपलब्ध गराईएको छ।वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ल्या.यामबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष नेत्रप्रसाद सुवेदी र सञ्चालन सचिव भुपराज बगालेले गर्नुभएको थियो।