ट्रेन्डीङ्ग

सुनवल नगरपालिकाद्वारा चार्डपर्व लक्षित बडेरा र भुमहिमा बजार अनुगमन

सुनवल।सुनवल नगरपालिकाले नजिकिदै गरेका चाडपर्ब लाई लक्षित गरी बजार अनुगमन लाई तीव्रता दिएको छ ।

सुनवल नगरपालिका नगर उप-प्रमुख सुर्य प्रसाद दुबेको सम्योजकत्वमा आज बिहीबार सुनवल नगरपालिका वडा नं नम्बर ११ र १२ को बडेरा र भुमहीका किराना पसलहरुमा अनुगमन गरिएको हो।

अनुगमनको क्रममा उपभोग्य म्याद नाघेका,मूल्य सुचि नराखेका साथै दर्ता नगरिएको पाईएको सुनवल नगर आर्थिक बिकास शाखा प्रमुख खेमराज ढकालले जानकारी दिए।

ढकालले भने,पहिलोपटक अनुगमन गर्दा सचेत गराएका छौं।दोस्रोपटक पनि उपभोक्ता हितविपरीत सामग्री बिक्री वितरण गरिएको पाइए जरिवाना सहित शिल गर्ने गरि सचेका गराएको ढकाले बताए।

टोलीले अनुगमनका क्रममा म्याद नाघेको खाद्यान्न तथा पेय पदार्थ जफत गरिएको ढकालले बताए।

अनुगमनमा नगर प्रबक्ता कृष्ण प्रसाद बगाले,कार्यपालिका सद्स्य सीता तिमिल्सिना ,उपभोक्त हित संरक्षण मन्च, पत्रकार, उद्योग वाणिज्य संघ सुनवल,सुरक्षा निकाय लगायतको उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?