ट्रेन्डीङ्ग

समाचार प्रभाव:वडाले कानुन विपरीत लिएको रकम फिर्ता गर्दै

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ९ ले कानुन विपरीत लिएको रकम फिर्ता गर्न थालेको छ ।

आइतबार कानुन विपरीत रकम लिएको विषयको समाचार प्रकाशन तथा प्रसारण भएपछि वडा समितिको बैठक बसेर रकम फिर्ता गर्ने निर्णय गरी रकम फिर्ता गर्ने प्रक्रिया सुरु गरिएको वडा अध्यक्ष चापागाईले बताए ।

नगरपालिकाले पूर्व निर्माण भएका घर तथा भवनको अभिलेखीकरणका लागि साउन ७ गतेबाट भदौ ९ गतेसम्म वडाबाट निवेदन संकलन गर्ने काम गरिरहेको छ ।

वडाले अभिलेखीकरणको निवेदन संकलन गर्दा निवेदन दस्तुर रु १० र अन्य दस्तुर शीर्षकमा रु ३ सय गरी ३ सय १० लिँदै आएको थियो ।

समाचार आए सँगै प्रक्रिया मिलाएर रकम फिर्ता प्रक्रिया सुरु गरिने अध्यक्ष चापागाईंको भनाइ रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?