ट्रेन्डीङ्ग

सेवाग्राही सङ्ग नियम बिपरित पैसा लिदै वडा कार्यालय

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ९ ले नियम बिपरित सेवाग्राही सङ्ग रकम लिएको खुलेको छ ।

पुर्व निर्मित घर तथा भवनको अभिलेकरण गर्नका लागी निवेदन लिने क्रममा वडा नम्बर ९ ले प्रती निवेदन दस्तुर बापत ३ सय १० रुपैया लिएको हो । बर्दघाट नगरपालिकामा घर तथा भवनको अभिलेखिकरणको निवेदन वडाबाट संकलन गर्ने क्रममा वडा नम्बर ९ ले निवेदन दस्तुर र अन्य शुल्क बापत शुल्क लिएको हो ।

वडा अध्यक्ष चन्द्रकान्त चापागाईंले सेवा ग्राहीबाट पैसा लिएको बताउदै वडा सचिबले गल्ती गरेको भन्दै शाखा गत कर्मचारीको जिम्मा भएको भन्दै उम्किन खोज्दै “त्यो जिम्मा मेरो हैन कर्मचारी वा सम्बन्धित शाखाले जान्ने कुरा हो”वडा अध्यक्ष चापागाईंको भने ।

बर्दघाट नगरका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले अभिलेखिकरणको निवेदन लिदा शुल्क लिने निर्णय नभएको बताए । ” राजस्व शाखा सङ्ग परामर्श लिनुपर्ने हो” अधिकृत सापकोटाले भने  ।

बर्दघाट ९ कि वडा सचिब हिमा कुमारी बनले निवेदन लिदा राजस्व लिएको बताइन् ।” निवेदनको शुल्क लिदा गल्ती भएको बताउदै पछि वडाले दिने सिफारिसबाट मिलान गरेर मिलाउछौ ।” वडा सचिव बनको भनाई छ । १० रुपैया निवेदन दस्तुर र ३ सय रुपैया अन्य दस्तुर गरि ३ सय १० रुपैयाका दरले ९५ जना सेवाग्राहीसङ्ग रकम लिएको छ ।

यस बिषयमा बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले विधि बिपरित सेवा ग्राहिसग पैसा उठाउनु गलत भएको बताएका छन् ।”नगरले निर्णय नै नगरेको कुरामा अरु वडाले उठाएका छैनन हामिले यो बिषयमा बुझिरहेका छौ”नगरप्रमुख श्रेष्ठले भने ।वडा अध्यक्ष चापागाईं भने सम्पुर्ण दोष कर्मचारीमा थुपारेर आफू भने उम्किन खोजेको देखिन्छ ।

पुर्व निर्मित घर तथा भवनको अभिलेखिकरण गर्नका लागी नगरले साउन ७ गते देखी भदौ ९ गतेसम्म वडा कार्यलयहरुबाट संकलन गरिने नगरले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?