ट्रेन्डीङ्ग

दूध उत्पादक किसानलाई अनुदान थप बढाउने:गल्याङ नगरप्रमुख अधिकारी

कार्तिक ११ गल्याङ । गल्याङ नगरपालिका वडा नम्बर ८, झोल्पेमा उन्नत गाई भैंसी पालन तथा दुग्ध उत्पादन कार्यक्रम सम्बन्धी सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजनाद्वारा सञ्चालित उन्नत गाई भैंसीपालन तथा दुग्ध उत्पादन कार्यक्रम सम्बन्धी सार्बजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।

कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले किसानलाई अझै बढि अनुदानको व्यवस्था गर्न आफु तयार रहेको बताउनुभयो ।उहाँले देशको सबैभन्दा ठूलो शक्ति,कृषक भएको भन्दै किसानहरुलाई अनुदान दिन कन्जुस्याई गर्न नहुनेमा जोड दिनुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो-‘वास्तविक काम गर्ने किसानहरुका लागि अनुदान दिन राज्इ हिच्कीचाउनु हुँदैन ।’

उहाँले नगरपालिकाले पहल गरेर किसानहरुका लागि विभिन्न अनुदाहरु ल्याइरहेको र नगरपालिकाले पनि अनुदानको व्यवस्था पनि गरिरहेको बताउनुभयो।

नगरप्रमुख अधिकारीले दुधमा प्रतिलिटर १५ रुपैयाँ अनुदानको व्यवस्थाले किसानमा उत्साह थपिएको बताउनुभयो ।
देशमा फैलिएको कोरोना संक्रमणका कारण नगर भित्र धेरै काम गर्न बाँकी रहेको भन्दै उत्साहका साथ काममा लाग्न किसानहरुलाई आग्रह गर्नुभयो।

कार्यक्रममा गल्याङ नगरपालिका पशु सेवा शाखा प्रमुख सुशिल अर्यालले परियोजनाले तोकेको मापदण्डमा रहेर परियोजना सफल पार्न आग्रह गर्नुभयो । उहाँले नगरपालिकाको तर्फबाट सबै किसानहरुलाई सहयोग गर्न सधैं शाखा तयार रहेको बताउनुभयो ।

गाउँसुधार दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष निमराज खरालले आयोजना सफल पार्न संस्थाका सबै कृषकहरु एकजुट भएर लागिरहेको बताउनुभयो।

गल्याङ सञ्चार प्रा.लि. गल्याङ एफएम ९२.२ मेगाहर्जको सहजिकरणमा भएको सार्बजनिक सुनुवाई कार्यक्रमको संचालन एफएमका स्टेशन म्यानेजर तथा गल्याङ नगरपालिका प्रेस संयोजक केपी खनालले गर्नुभएको थियो । कार्यक्रममा उपआयोजनाका व्यवस्थापक रामचन्द्र खरालले आयोजनाका बारेमा जानकारी गराउनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?