सुनवल।पश्चिम नवलपरासीको सुनवलमा बुधबारदेखि विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रयितोगिता हुदैछ । सुनवल नगरपालिकाको आयोजना र रमवापुर माध्यामिक विद्यालयमा हुन लागेको नगर स्तरीय चौथों रनिङ्ग शिल्ड प्रतियोगिताको आवश्यक तयारी पुरा भएको छ।
नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयका चालु शैक्षिक सत्रमा ९ देखि कक्षा १२ सम्म नियमित अध्ययन गरिरहेका ४ सय देखि ४५० जना विद्यार्थिहरुलाई रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागी हुने आयोजकले जनाएको छ ।
राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा छात्र छात्राको भलिवल, कबड्डी, १ सय देखि ४ हजार मिटर सम्मको रिले दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ्ग थ्रो, सटफूट र मार्सल आर्ट तर्फ , कराते लगायतका खेल सञ्चालन गरिने तयारी गरिएको खेल संचालन समितिका संयोजक एवं रमवापुर माविका प्रधानाध्यापक धुर्वराज घिमिरेले जानकारी दिए।प्रतियोगिताको लागि आज दिनभर फिल्ड व्यवस्थापन गरिएको प्रतियोगिता उद्घाटनका लागि लुम्बिनी प्रदेशका मुख्य मन्त्री चेतनारायण आचार्य आउने घिमिरेले बताए।
सवै खेलमा प्रतिस्पर्धा गरी विजयी हुने विद्यालय र विधार्थी खेलाडिलाई शिल्ड, मेडल र ट्रफि प्रदान गरिने सुनवल नगरपालिकाले जनाएको छ । प्रतियोगिता सुनवल नगरपालिका वडा नं. ४ मा रहेको रमवापुर माविको खेल मैदानमा हुनेछ।