काठमाडौँ पुस ४ । नेपाल कम्युनिस्ट पार्टीसहित ८ दलिय मोर्चाले एमसीसी विरुद्ध नयाँ आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहितको मोर्चाले आगामी पौष ६ गते काठमाडौ लगायत देशव्यापी रूपमा विरोध प्रदर्शन र विरोध सभा गर्ने गरि आन्दोलनको घोषणा गरेको हो ।
आइतबार एक विज्ञप्ति जारी गर्दै मोर्चाले राष्ट्रघाती एमसीसी सम्झौता आगामा ६ गते पारित गर्ने तयारी भएको जनाएको छ ।
‘सम्झौता र त्यसलाई नेपालमा कार्यान्वयन गर्ने षड्यन्त्रका विरुद्द नेपाली जनता अविराम जान्दोलित छ ।’ ८ जना नेताले हस्ताक्षरित विज्ञतिमा भनिएको छ, ‘पछिल्लो शेरबहादुर देउवा सरकारले संसदको आकस्मिक बैठक बोलाएर पारित गराउने रणनीति बनाए पनि हामी कम्युनिस्ट पार्टी र २ वटा मोर्चा संयुक्त बान्दोलनमा छौ ।’
गत मंसिर २८ गते नै संसदबाट पारित गराउने देउवा सरकारको योजना जनताको संघर्षको तागतले असफल भएपछि पौच ६ गते बोलाइएको संसद बैठकबाट जुनसुकै अबस्थामा पनि पारित गराई लागु गर्ने दुस्साहसपूर्ण हर्कतमा देउवा सरकार भएको विज्ञप्तिमा उल्लेख छ ।
‘उक्त संघर्षको कार्यक्रमलाई भव्य रूपमा सफल पार्न कम्युनिस्ट क्रान्तिकारीहरू, सच्चा लोकतन्त्रबाबीहरू, वेशभक्तहरू र आम नेपाली जनसमुदायमा हार्दिक अपिल गर्दछौँ ।’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा नेकपा महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टी (मसाल)का महामन्त्री मोहन विक्रम सिंह, नेपाल कम्युनिस्ट पार्टी (कान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य (किरण), नेपाल कम्युनिस्ट पार्टी (माले)का महासचिव सी.पी मैनालीकेसीले हस्ताक्षर गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, ज्ञानिक समाजबादी कम्युनिस्ट पार्टी, नेपालका संयोजक विश्वभक्त दुलाल (आहुती), देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालका अध्यक्ष सिपी गुजुरेल र राष्ट्रियण् जनमोर्चाका अध्यक्ष चित्रहादुर केसीले हस्ताक्षर गरेका छन् ।