मंसिर १५ सिन्धुपाल्चोक ।नेपाल कम्युनिस्ट पार्टी निकट विधार्थी संगठन अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोक जिल्ला समितिको प्रथम पूर्ण बैठक मेलम्चीमा सम्पन्न भएको छ । बैठकबाट `वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमतसंग्रह` नामक तीन महिने अभियान सुरुवात गर्ने निर्णय गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी युगीनको प्रमुख अतिथि, विशेष अतिथि अखिल(क्रान्तिकारीं)का केन्द्रीय सचिवालय सदस्य प्रकाश तिरुवा,अतिथिहरु पार्टीका विशेष कमिटी सदस्य किरण, जिल्ला सदस्य कुमार र सम्राटको उपस्थितिमा बैठक सम्पन्न भएको थियो ।
बैठकमा प्रमुख अतिथि युगीनले वर्तमान राजनैतिक, आर्थिक, शैक्षिक अवस्था र संगठनको आन्दोलनका बारेमा तथा समसामयिक विषयमा प्रशिक्षित गरेका थिए । संगठनका सचिवालय सदस्य प्रकाश तिरुवाले संगठनकाे सर्कुलर वाचन र केन्द्रीय बैठककाे भाव सम्प्रेषणसहित अभियानको महत्त्वको विषयमा प्रशिक्षित गरेका थिए ।
बैठको अध्यक्षता तथा सञ्चालन अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोकका जिल्ला इन्चार्ज तथा संगठनका केन्द्रीय सदस्य रविन्द्र चौलागाईं गरेका थिए ।