मंसिर ०९ काठमाडौ ।नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी)केन्द्रिय समितिले“बैज्ञानिक समाजवादी ब्यवस्था र शिक्षाका लागि जनमत सङ्ग्रह”भन्ने मुलनाराका साथ”बिद्यार्थी जागरण अभियान २०७८”को पार्टीका प्रवक्ता खड्क बहादुर विश्वकर्मा(प्रकाण्ड)ले त्रिभुवन विश्वविद्यालय अडिटोरियम हलमा उदघाटन गरी जागरण अभियान सुरुवात गरिएको छ ।
प्रवक्ता प्रकाण्डले उक्त कार्यक्रमलाई सम्बोधन गर्दै विद्यमान अवस्थामा असफल र पतनको दिशा उन्मुख रहेको दलाल संसदीय व्यवस्था अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना गर्नको निम्ति अखिल क्रान्तिकारीले एतिहासिक र उल्लेख्य महत्वपूर्ण भूमिका र दायित्व निर्वाह गर्नु पर्ने बताएका छन् । वैज्ञानिक समाजवाद स्थापना का लागि जसरी हाम्रो पार्टीले जनमत संग्रहको कार्यनीति ल्याएको छ त्यो भनेको नेपाली श्रमिक जनताको कार्यनीति हो , एकीकृत जनक्रान्ति लाई सफल बनाउने कार्यनीति रहेको बताएका छन् । देशका भरीका सम्पूर्ण विद्यालय, कलेज र विश्वविद्यालय हरुलाई अखिल (क्रान्तिकारी) का जनआधार बनाई समाजवादी आन्दोलन लाई देशै भरी शसक्त बनाई जनमत संग्रहको मुद्दामा सबैलाई डोर्याउन अपिल गरेका छन् । हजारौं लाखौं विद्यार्थीको नेतृत्व गरेको संगठन अखिल (क्रान्तिकारी)ले जसरी वैज्ञानिक समाजवाद सहित वैज्ञानिक समाजवादी शिक्षा प्रणाली लागू गर्न संघर्ष गरिरहेको छ त्यो आफैमा अग्रगामी र आवश्यकताको विषय रहेको बताएका छन ।
कार्यक्रममा पार्टी केन्द्रिय सदस्य तथा बिद्यार्थी फ्र्याक्सन इन्चार्ज मिलन, पार्टी केन्द्रीय सदस्य तथा अनेमसङ्घ क्रान्तिकारीका अध्यक्ष बन्धु चन्द,पार्टी केन्द्रीय सदस्य तथा सहिद परिवार समाजका अध्यक्ष खुमा सुबेदी,मजदुर सङ्गठनका अध्यक्ष बिनोद थापा, पुर्व बिद्यार्थी अध्यक्ष तथा बिद्यार्थी सल्लाहकार चिरञ्जीवी ढकाल, युवा सङ्गठनका महासचिव बिधुसी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अध्यक्षता संगठनका अध्यक्ष प्रकाश शाहीले गरेक थिए , स्वागत मन्तव्य संगठनका उपाध्यक्ष नरेन्द्र विक राखेका थिए भने सञ्चालन संगठनका महासचिव मिलन राई ले गरेका हुन् ।
उक्त संगठनले अगाडि सारेको“नेपालको प्राकृतिक साधन स्रोत र मानव संशोधनलाई जोड्ने शिक्षा,वैज्ञानिक/ व्यावहारिक/आत्मनिर्भर शिक्षा ,नेपालको वर्तमान विभेदकारी द्वेत शिक्षा प्रणाली अन्त्य गरी सबैका लागि क्षमता अनुसारको समान र गुणस्तरीय अवसर प्रदान गर्ने शिक्षा वैज्ञानिक समाजवादी शिक्षा प्रणाली लागू गर्न संघर्ष गरिरहेको छ ।”