ट्रेन्डीङ्ग

विप्लव नेकपा डोटीमा प्रदर्शन,पुर्विचौकी वडा ५ को भेला सम्पन्न

प्रकाश थापा,भदौ १९ ,डोटी। विप्लव नेतृत्वको नेकपा डोटी जिल्ला पूर्वीचौकी ५ न.वडामा तर्क बोगटीको अध्यक्षता १९ सदस्य वडा कमिटी गठन गरी भेला सम्पन्न भएको छ।

उक्त भेलालाई सम्बोद्धन गर्दै नेकपा जिल्ला सेक्रेटरी ध्रुवले अहिलेको दलाल सरकारको हभिगतको कारण राष्ट्र खतरामा परेको र त्यसैको कारण तुइन घटना र अहिले खुल्मखुल्ला भारतले नेपालको भुगलमा हेलिकप्टर घुमाइरहेको साथै नेपाल सरकार मुखदर्शक भएको हुदा यो व्यवस्थाको अन्त्य गरी बैज्ञानिक व्यवस्था निर्माण गर्नु पर्ने बताए।भेलाको अध्यक्षता तर्क बोगटीले गरेका थिए भने प्रमुख अतिथी जिल्ला सेक्रेटरी ध्रुव,अतिथीहरु युवा संगठन नेपाल डोटी संयोजक सुशिल मलासी,गापा इन्चार्ज शंकर साउद,जनपत्रकार संगठन नेपाल डोटी जिल्ला उपाध्यक्ष शंकर विसी थिए भने संचालन गापा सेक्रेटरी छत्र साउदले गरेका थिए ।

पार्टीको केन्द्रिय योजनाअनुसारको कार्यक्रम जय सिंह धामी हत्या र नेपाल भुमिमा हेलिकप्टर सर्चको विरुद्धमा नारा जुलिस सहित कोण सभा पनि सम्पन्न भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal