ट्रेन्डीङ्ग

यज्ञ सापकोटाको मौलिक तीजगीत घरझगडा-४ले चर्चा कमाउदै

काठमाडौ ।तिजकाे लहर नजिकिदै गर्दा बजारमा कलाकारहरु पनि आ-आफ्ना सांगितिक काेसेलि सहित तिज मनाउन र रमाइलाे साट्न कम्मर कसेर लागेका छन ।

बजारमा आफ्ना विभिन्न रचनाहरु प्रचार पनि भइराखेकाे देखिन्छ। यसै भिडमा स्याङ्जालि लाेक दोहाेरि गायक यज्ञ सापकोटा पनि आफ्नाे छुट्टै खालकाे,अतिनै मौलिकता झल्किने खालकाे तिज गित बजारमा लियर आएका छन।

पछिल्लाे पुस्ताकाे मन जितन सफल सापकोटाले “घरझगडा” बाेलकाे गित बजारमा ल्याएका छन। बर्सेनि मौलिक तथा पारिवारिक तीज गीत घरझगडा गीत लियर आयका सापकोटा यस बर्ष घरझगडा भाग-४ सम्म आईपुगेका हुन।यतिबेला घरझगडा-४ ले छोटो समय निकै धेरै दर्शकको माया पाउन पनि सफल भएको छ।अहिले गीत चल्ने माध्यम youtube लाई लिईन्छ। youtubeमा हेर्ने हो भने घरझगडा-४ ले बाह्रौं दिनमा १० लाख भन्दा बढीमा माया पाएको छ।

त्यसैले पनि गीत सर्बाधिक रुपमा चर्चित बन्न पुगेको हो। विभिन्न लोकप्रिय कलाकार लाई समेट्दै घरझगडा तयार पारेका सापकोटाले यस बर्ष पनि भाग-४, गितमा स्वयम् अाफु संगै अग्रज कलाकारहरु पशुपति शर्मा,शर्मिला गुरुङ्ग र नवदित गायिका सलिना अधिकारि, कल्पना सिग्देल ले स्वर दियका छन। मौलिक शब्द तथा सबैकाे मन जित्ने शब्द सर्जक प्रदिप कंडेल ले लेखेका हुन्, जसमा लय भने गायक संगितकार यज्ञ सापकाेटाकाे नै रहेको छ। पछिल्लाे समय बजारमा बढि जसाे मौलिक गितहरुनै देख्न थालियकाे छ र मौलिक गीतले नै सफलता प्राप्त गरेका छन।

कला,सस्कृती र मौलिकताको जगेर्ना हुने भयकाले पनि रचनाकार,कलाकारहरु गित निर्माण गर्दा यिनै कुरालाइ ध्यान गरेकाे सापकोटाले जानकारि दिय। यता अभिनय तर्फ पनि बिशिस्ट र लामो समय अनुभव गरेका कलाकार लाई देख्न सकिन्छ।

लक्ष्मि गीरी,रामचन्द्र अधिकारी,अनिता बस्नेत,सुनिल खनाल लगायतका अन्य नबकलाकारहरुलाई भिडियो मा देख्न सकिन्छ। आफैमा प्रतीभाका धनी मानियका यज्ञ सापकोटा गायन देखि म्युजिक भिडियाे सम्म धेरै अनुभबि मानिन्छन दर्शककाे मन जित्न सिपालु सापकोटा संगै उनका सहयाेगिहरुकाे भरपुर मेहनतले “घर झगडा-४” गितकाे सबै पक्ष उत्कृष्ट नै लागेको छ भिडियाे पनि निकै उत्कृष्ट बनेकाे छ सापकोटा ले भने। मदन खडकाकाे निर्देशनमा अभिनास डि सि को सम्पादन र बिरेन्द्र भट्टको छायांकन सहित अकला देबि म्युजिक मार्फत भिडियाे निर्माण भई सोही कम्पनी मार्फत गीत बजारमा आयको हो। हुनत स्याङजालि सबै कलाकारहरु नै यतिबेला सांगितिक फाटमा चर्चामा छन उनी पनि तिनै मध्येका एक हुन।

अन्तयमा उनी बिगतकाे भन्दा धेरै मेहनत गरेर यस गितलाइ बजारमा ल्याएकाे र सबैकाे माया र साथ भरपुर पायको आशा ब्यक्त गरे। उनकाे याे गितकाे अझै उच्च सफलताकाे हामी पनि कामना गर्छाैँ। भिडियो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?