ट्रेन्डीङ्ग

भारतको हस्तक्षेपकारी नीति र अमानवीय चरित्रको विरुद्ध सशक्त प्रतिरोध गर्न आग्रह:अखिल(क्रान्तिकारी)सेम ब्युरो

गणेश एसके कञ्चनपुर,साउन १६ ।
भारतीय बिस्तारबाद,हस्तक्षेपकारी नीति र अमानविय हिंसात्मक चरित्रको विरुद्ध सशक्त प्रतिरोध गर्न अखिल क्रान्तिकारी सेती महाकाली क्षेत्रिय समन्वय समिति द्वाराले आम न्यायप्रेमी जनसमुदायलाई आग्रह गरेको छ ।

दार्चुलामा भएको घटनाको विषयमा शनिबार ब्युरो संयोजक वीरेन्द्र शाहद्वारा जारी विज्ञप्ति जारी गर्दै भनेका छन ।”दार्चुलाको व्यास गाउँपालिका बाट भारतको उत्तराखण्ड राज्यको पांगल हुँदै खलंगा आउदै गर्दा मिति २०७८ साउन १५ गतेका दिन व्यास गाउँपालिका ०२ मालघाटमा तुईन बाट महाकाली नदी तर्ने बेलामा भारतीय एस. एस.बी. का जवान द्वारा तुईन काटी दिदा ३५ वर्षिय नेपाली नागरिक जय सिंह धामी बेपत्ता भएका छ्न । यस घटनाले हामी सबैलाई असाध्यै मर्माहत , दुखित र आक्रोशित तुल्याएको छ । मानवअधिकारका सम्पुर्ण मुल्यमान्यताहरु बिर्साई दिने यस्तो अमानवीय र जघन्य अपराधको घोर निन्दा र भत्सर्ना गर्दछौं । यस घटनाले भारतिय साम्राज्यवादको नेपाल प्रतिको दादागिरी पुर्ण चरित्र झनै उदाङ्गो भएको छ ।

यस घटनालाई अन्तराष्ट्रिय मुद्दा बनाएर यसको सत्यतथ्य छानविन सहित जयसिंह धामीको हत्या गर्ने हत्यारा एस.एस. बि. हरुलाई कार्वाही दायरामा ल्याई सजायको भागिदार हुने गरि पहलकदमी लिन नेपाल सरकार सङ्ग जोडदार माग गर्दछौं । साथै भारतको हस्तक्षेपकारी नीति र दादागिरी पुर्ण अमानवीय चरित्रका विरुद्ध शसक्त प्रतिरोधमा उत्रिन सम्पूर्ण आम न्यायप्रेमी आमजनसमुदायमा हार्दिक अपिल गर्दछौं । “

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal