ट्रेन्डीङ्ग

चितवनमा युवा संगठन नेपालद्वारा रक्तदान कार्यक्रम ,५० पाउन्ड रगत संकलन

जेठ २० चितवन। कोरोनाभाइरस (कोभिड–१९) को कारण लामो समय लकडाउनको भएको कारण रगतको अभाव भई बिरामीहरुलाई समस्या परेको हुँदा युवा संगठन नेपाल जिल्ला समिति चितवनले बिहीवार रक्तदान कार्यक्रम गरेको छ ।

राप्ती नगरपालिका वाड न.६ स्थित भण्डारा माध्यमिक बिधालयको परिसरमा गरेको रक्तदान कार्यक्रममा ५० पाउण्ड रगत संकलन गरेको युवा संगठन नेपालका केन्द्रिय सदस्य राम सेढाइले जानकारी दिनुभयो ।

युवा संगठन नेपालको चितवन जिल्ला संयोजक राजु श्रेष्ठको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा प्रमुख अथिति नेकपाका केन्द्रिय सदस्य तथा चितवन जिल्ला इन्चार्ज सन्देश पौडेल विशिष्ट अथिती केन्द्रिय सदस्य आधार , अखिल (क्रान्तिकारी)का केन्द्रिय उपाध्यक्ष रुद्र भट्टराई ,चितवन जिल्ला सेक्रेटरी मीन प्रसाद सापकोटा,रसुवा सेक्रेटरी धुर्ब लगायत नेताकार्यकर्ताहरुको उपस्थिति  रहेको थियो ।

रक्तदान कार्यक्रममा बोल्दै प्रमुख अथिती सन्देशले
कोरोना भाइरसको सङ्क्रमणबाट विश्व नै आक्रान्त बनिरहेको बेला नेपाल कम्युनिस्ट पार्टीले कोरोना भाइरसको विरुद्धमा विभिन्न कार्यक्रमहरु केन्द्रिय रुपमानै गर्दै आएको बताउनुभयो ।

प्रमुख अतिथि सन्देशले यस्तो गम्भीर अबस्थामा समेत रक्तदान गर्न आउने सम्पुर्ण लाई धन्यवाद दिदै नेकपाले जनचेतना जगाउने ,स्वास्थ्य  सामग्रीहरु उपलब्ध गराउने ,आइसोलेशन बेडहरु खडा गर्ने ,हस्पिटलहरुमा स्वयंसेवक परिचालन गर्ने र रक्तदान गर्ने जस्ता कार्यहरु गर्दै आएको र चितवनमा पनि रगतको कमि हुन नदिन योजनाबद्ध ढंगले रक्तदान कार्यक्रम संचालन गरेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?