ट्रेन्डीङ्ग

प्रथम जेनिथ कप:पेनाल्टी सुटआउटमा सिद्धार्थ एफसीको रोमाञ्चक जित

सुनवल।नवलपरासीको सुनवलमा जारी प्रथम जेनिथ कप फुटबल प्रतियोगिताको आठौं दिनको खेलमा सिद्धार्थ एफसीले मनकामना एफसीलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै सहज जित हात पारेको छ। खेल निर्धारित समयमा २-२ को बराबरीमा टुंगिएको थियो।

पहिलो हाफको १०औं मिनेटमा सिद्धार्थ एफसीका रोहित सुनारले गोल गर्दै टिमलाई अग्रता दिलाए।त्यसैगरी २९औं मिनेटमा मनकामना एफसीका प्रकाश थापाले उत्कृष्ट गोल गर्दै पहिलो हाफलाई १-१ को बराबरीमा टुंग्याए।

दोस्रो हाफको ५५औं मिनेटमा सिद्धार्थ एफसीका निखिल थापाले दोस्रो गोल गर्दै पुनः टिमलाई अग्रता दिलाए।तर ६५औं मिनेटमा मनकामना एफसीका सुमित परियारले गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए।

निर्धारित समयमा कुनै नतिजा नआएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टीमा सिद्धार्थ एफसीका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै तीन गोल गर्दा मनकामना एफसीले केवल एक गोल मात्रै गर्न सक्यो। खेलमा उत्कृष्ट प्रदशन गरेका सिद्धार्थ एफसीका अंकित रास्कोटी “म्यान अफ द म्याच” घोषित भए।

भोलीबाट सुरु हुने क्वाटरफाइनलको पहिलो खेल शिभपुर एफसी, रुपन्देही र जेनिथ युथ क्लब (निलो)बीच हुने आयोजकले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal