ट्रेन्डीङ्ग

शितलहरका कारण बर्दघाटका विद्यालयहरू बिदा

परासी । पश्चिम नवलपरासीको बर्दघाटमा रहेका विद्यालयहरू शितलहरका कारण बिदा गरिएको छ । नगर प्रमुख शम्भुलाल श्रेष्ठले शितलहरका कारण ३ दिन विद्यालय बिदा गरिएको बताए ।

सोमबार रातिदेखी परेको शितलहरले जनजीवन कष्टकर बनिरहेको छ।शितलहरले गर्दा निरन्तर बढेको चिसो बढेकाले बर्दघाटका सम्पूर्ण विद्यालय २४, २५ र २६ गते बिदा गरिएको श्रेष्ठले जानकारी दिए । शीतलहर र अत्यधिक जाडोका कारण विद्यार्थीको पठनपाठन प्रभावित हुने देखिएकाले शैक्षिक विद्यालय बिदा गरिएको नगरले जनाएको छ।


शैक्षिक क्यालेन्डरमा रहेको परिस्थिति जन्य बिदाबाट कट्टी हुने गरी ३ दिनको लागि पठनपाठन बन्द गरिएको शिक्षा शाखाले बताइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?