ट्रेन्डीङ्ग

प्रथम जेनिथ कप:वार्ड नं ३ सुनवलले शानदार जित

नवलपरासीको सुनवलमा जारी प्रथम जेनिथ कप फुटबल प्रतियोगितामा वार्ड नं ३, सुनवलले शानदार जित हासिल गरेको छ। योङ्ग बोइज एफ.सी., खैरेनी, रुपन्देहीलाई ३-२ को गोलअन्तरले हराउँदै सुनवलले क्वाटरफाइनल चरणमा स्थान सुरक्षित गरेको हो।

खेलको सुरुवातमै सुनवलका गणेश हमालले गोल गर्दै टिमलाई अग्रता दिलाए। तर, योङ्ग बोइजका ओम प्रकाश चौधरीले जवाफी गोल गरेपछि खेल १-१ को बराबरीमा पुग्यो।

दोस्रो हाफको सुरुवातमै सुनवलका टेक बहादुर गुरुङ र हिमाल मगरले एक-एक गोल थप्दै टिमलाई(३-१) बलियो स्थितिमा पुर्‍याए। खेलको अन्त्यतिर योङ्ग बोइजका प्रकाश पुनले गोल गर्दै खेललाई (३-२) प्रतिस्पर्धात्मक बनाएतापनि जित सुनवलको पक्षमा रह्यो।

सुनवलका गणेश हमाल उत्कृष्ट प्रदर्शनका लागि म्यान अफ द म्याच घोषित भए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal