ट्रेन्डीङ्ग

रामग्रामबाट लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ

सुनवल।पश्चिम नवलपरासीको रामग्रामबाट प्रहरीले लागुऔषध(ब्राउन सुगर)जस्तो पदार्थसहित दुई जनालाई पक्राउ गरिएको छ।पक्राउ पर्नेमा रामग्राम नगरपालिका वडा नं. १७ का १९ वर्षीय परिक्षित यादव र २२ वर्षीय बिरु तेली रहेका छन।

शनिबार रामग्राम नगरपालिका वडा नं. १२ कसिया गाउँस्थित परासी-भूमही सडक खण्डको भित्री पक्की सडकमा चेकजाँचका गर्नेक्रममा बिरु तेलीको साथबाट ११ पुरिया खैरो रातो रङको लागुऔषध (ब्राउन सुगर) जस्तो देखिने १० ग्राम ८८० मिलिग्राम धुलो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी रेशम बोहोराले जानकारी दिए।

पक्राउ परेका दुबैजनालाई लागूऔषध नियन्त्रण ऐनअन्तर्गत जिल्ला अदालत परासीबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?