सुनवल।पश्चिम नवलपरासीको सुस्तामा क्रुरतापुर्वक कुकुरलाई मार्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
५ वटा बच्चा र एउटा माउ सहित ६ वटा कुकुरलाई क्रुरतापुर्वक मार्ने सुस्ता गाँउपालिका वडा नम्बर ५ बेलवानी बस्ने वर्ष ३३ का राजकुमार सारु मगर र सोहि स्थानका वर्ष २८ का अमन कुमार चिदि मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
केहि दिन अगाडी कुकुर मार्दे गरेका राजकुमारको भिडियो खिचेर अमन कुमारले समाजिक संञ्जालमा पोष्ट गरेका थिए । भिडियोमा उनिहरुले नदि नियन्त्रणका लागी बनाईएको सिमेन्टको पर्खालमा कुकुरलाई मारेर नदिमा फालेको देखिन्छ ।
दुवै जनालाई आज जिल्ला अदालतबाट ७ दिनको म्याद लिई पशुपन्छी सम्बन्धि कसुरमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएपपी रेशम बोहोराले जानकारी दिए ।