ट्रेन्डीङ्ग

संघियताको मर्म अनुसार देश अघि बढ्न सकेन : जसपा अध्यक्ष यादव

परासी।जनता समाजवादी पार्टी नेपाल अध्यक्ष उपेन्द्र यादवले देश संघीयताको मर्मअनुसार अघि बढ्न नसकेको बताए।जसपा पश्चिम नवलपरासीले संगठन निर्माण अभियान कार्यक्रमको सभा अध्यक्ष यादवले यस्तो कुरा बताएका हुन।

अध्यक्ष यादवले संघीयताले देशमा प्रदेश स्थापना भएपनि सीमित अधिकारका कारण अझै पनि जनताले संघीयताको अनुभूति गर्न नपाएको बताउदै नवलपरासीदेखि कञ्चनपुरसम्म एक प्रदेश बनाउनुपर्नेमा जोड दिएका थिए।

नेपाल कृषि प्रधान देश भएतापनि मल,बीउ र कृषि उपकरण अभावका कारण किसानहरुले उत्पादन गर्न नसकेको अध्यक्ष यादवको भनाई थियो।जसपा लुम्बिनी प्रदेश अध्यक्ष रामअवतार यादवले सरकारले संविधान संशोधनमार्फत मधेसी जनताको प्रतिनिधित्वलाई बढाउनुपर्ने बताए।

जसपा जिल्ला अध्यक्ष धरेन्द्र यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य एंव पूर्वरक्षाराज्यमन्त्री रामवचन यादव,लुम्बिनी प्रदेश कोषाध्यक्ष विद्या यादव, समाजवादी युवा संघ लुम्बिनी प्रदेश अध्यक्ष राजु यादव, रुपन्देही जिल्ला अध्यक्ष सियाराम यादव, नवलपरासी जिल्ला सचिव मदन यादव, रामग्राम वडा नं १६ का वडाध्यक्ष विजयकुमार यादव लगायतले पार्टी संगठनका बारेमा एक ढिक्का भएर लाग्न अपिल गरेका थिए।

संगठन निर्माण अभियान अन्तरगत मगलबार जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको जसपाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal