ट्रेन्डीङ्ग

सुनवल नगरस्तरिय सहकारी संजालको अध्यक्षमा दयाराम भण्डारी

सुनवल।सुनवल नगरपालिकामा नगरस्तरिय सहकारी संजाल गठन भएको छ।सुनवल नरपालिका भित्रका सहकारीहरुको भेलाले जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था लि।सुनवल-६ विसासयका अध्यक्ष दयाराम भण्डारीको संयोजकत्वमा ११ सदस्यीय सहकारी संजाल गठन गरेको छ।

भेलाले नगरस्तरीय सहकारी संजालनमा कृष्णवन्धु अर्याल,यामलाल पाण्डे,डोलराज भण्डारी,लेखनाथ खरेल,लक्ष्मीदेवी ढकाल, नारायण अर्याल,खगराज उपाध्याय गीर वहादुर थापा,गोविन्द ढकाल,वलवहादुर थापा, ज्ञानु उपाध्याय गौतम र कृष्णबहादुर केसि चयन भएका छन।त्यस्तै भेलाले तिन सदस्य सल्लाहाकार सदस्य समेत चयन गरेको छ।सल्लाहकारहरुमा गंगाबहादुर गुरुङ,नरेश्वर पराजुली र निलकण्ठ गैरे रहेका छन।

सुनवल नगरपालिका भित्रका समग्र सहकारीहरुलाई प्रतिनिधित्व गर्दै सवैको साझा हितका लागी समन्वय र सहकार्य गर्दै अगाडी वढ्ने सहकारी नगर संजालका अध्यक्ष दयारम भण्डारीले बताए।

जनकल्याण वहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा भएको भेलाले घुम्तिरुपमा वैठकहरु संचालन गर्ने समेत जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal