ट्रेन्डीङ्ग

सुनवलबाट लागुऔषध सहित २ जना पक्राउ

सुनवल।पश्चिम नवलपरासीको सुनवल-२ खुटहटबाट प्रतिबन्धित लागूऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा २० वर्षीय भुवननाथ कुर्मी र “स बहादुर” रहेका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् सूचना अधिकारी रेशम बोहोराका अनुसार विशेष सूचनाको आधारमा सुनवल इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष पौडेलको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेको साथबाट नाइट्रोभेट टेन ५,३१० ट्याब्लेट, फेनारगन १८९ एम्पुल, डाइजिपाम १९० एम्पुल, ब्रुपोनोरफिन १९० एम्पुल, र स्पास्मो २५६ क्याप्सुल बरामद गरिएको छ। भारतबाट लुकाइछिपाई साइकलमा ल्याइँदै गरेको अवस्थामा बरामद गरिएको थियो।

लागूऔषध सेवन र कारोबार रोकथाम गर्ने उद्देश्यले स्थानीय र सरोकारवाला निकायको सहकार्यमा विशेष अभियान चलाइएको डीएसपी बोहोराले जानकारी दिए।

पक्राउ परेका दुबै व्यक्तिलाई लागूऔषध सम्बन्धी ऐन अन्तर्गत जिल्ला अदालत परासीबाट पाँच दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal