![](http://safalpost.com/wp-content/uploads/2024/12/WhatsApp-Image-2024-12-25-at-12.28.18-PM.jpeg)
सुनवल।पश्चिम नवलपरासीको सुनवल-१२ भूमहीबाट लागुऔषधसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १५ निवासी १९ वर्षीय शौरव वली रहेका छन।
भुमही-परासी सडक खण्डमा चेकजाँच गर्ने क्रममा शंका लागेर पैदल यात्रामा आउदै गरेका वलीको साथबाट १७ एम्पुल डाइजोपाम,१७ एम्पुल फेनारागन, र १७ एम्पुल ब्रोनोफिन बरामद गरेको हो।
पश्चिम नवलपरासीका प्रहरी निरीक्षक नारायण थापाका अनुसार वलीलाई लागुऔषध नियन्त्रण ऐन अन्तर्गत अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।