ट्रेन्डीङ्ग

नेविसंघ नवलपरासीद्वारा सदस्यता वितरण तथा सुझाव सङ्कलन सुरु

नेपाल विद्यार्थी संघको १५ दिने सदस्यता वितरण तथा सुझाव सङ्कलन अभियान पश्चिम नवलपरासीमा सुरु भएको छ।नेविसंघको १२औँ महाधिवेशनको प्रारम्भिक तयारी स्वरूप जिल्लामा सदस्यता वितरण तथा सुझाव सङ्कलन अभियान सोमवारदेखि सुरु भएको हो।

दिव्यज्योति क्याम्पसदेखि सुरु गरिएको सदस्यता वितरण कार्यक्रम नेवि संघ नवलपरासी जिल्ला सभापति कमल बस्यालको अध्यक्षतामा तथा नेवि संघ केन्द्रिय सदस्य तथा कार्यक्रम प्रतिनिधि प्रमुख अतिथि शिवराज खनाल,नेविसंघ केन्द्रिय सदस्य अनुकुल रेग्मी,नेविसंघ दिव्य ज्योति बहुमुखि क्याम्पस इकाई सभापति ससि बिक लगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा १ सय ८७ जनाले सदस्यता वितरण गरिएको जनाएको छ।

नेविसंघ केन्द्रिय निर्देशनअनुसार देशव्यापी रूपमा सुरु भएको अभियान नवलपरासी जिल्लाको सबै क्याम्पस तथा माध्यामिक विद्यालयमा सदस्यता वितरणको कार्यलाई अगाडि बढाइने जनाएको छ।विद्यार्थीहरूसँग शिक्षा क्षेत्रमा रहेका समस्या तथा सुधारका का साथै विद्यार्थीहरूको आवाजलाई संगठित गर्दै शिक्षा प्रणालीमा सुधार ल्याउन आवश्यक सुझावहरू पनि संकलन गरिएको नेविसंघ जिल्ला सदस्य देबेन्द्र घिमिरेले जानकारी दिए।

नेवि संघ जिल्ला सदाय सुलभ खनालको स्वागत मन्तव्य सहित सुरु भएको कार्यक्रमको संचालन नेविसंघ जिल्ला सदस्य देवेन्द्र घिमिरेले गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?