ट्रेन्डीङ्ग

केरवानीमा शान्तिको कामना गर्दै २१ लाख दिप प्रज्वलन

सुनवल।विश्व शान्तिको कामना गर्दै पश्चिम नवलपरासीको सुनवल नगरपालिका–११ केरवानीमा २१ लाख दिप प्रज्वलन गरीएको छ।श्री हरि आध्यात्मिक प्रतिष्ठानको सहकार्यमा स्थानीयले मुलुकमा बढ्दो अशान्ति र अस्थिरता कम हुने आशा गर्दै दिप प्रज्वलन गरेका हुन।

समितिले चतुर्मास सत्संग २०८१ को अवसरमा आषाढ शुक्ल एकादशीदेखि शुरु भएको चतुर्मास मंगलबारदेखि अष्टदश उपपुराण कथा प्रवचन समेत गरिएको थियो।

देशमा भैरहेको सवारि दुर्घटना, प्राकृतिक विपत्ति सहित विश्व शान्तिको उद्देश्य बनाएर अष्टदश उपपुराण सहित २१ लाख दिप प्रज्वलन गर्दै अखण्ड किर्तन गरीएको श्री हरि आध्यात्मिक प्रतिष्ठानका अध्यक्ष एवं संकल्पकर्ता नारायण पाण्डेले बताए।

यस्तै, प्रतिष्ठान समितिले गत बर्ष १ करोड दिप प्रज्वलन गरेको थियो।एक हजार ८ भजन सन्ध्या, अनलाईन गुरुकुलम सुरु गरेर १ लाख ८ वटा गिता वितरण गर्ने कार्यक्रम छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?