सुनवल।पश्चिम नवलपरासीकाे सुनवलमा १०८ पिपल धार्मिक पर्यटन क्षेत्र विकास र अक्षयकोष स्थापनार्थ धनधान्यान्चल ज्ञान महायज्ञ सुरु भएको छ।
जेष्ठ नागरिक कुलप्रसाद पौडेलको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य तथा पुर्व मन्त्री धुर्वबहादुर प्रधानको प्रमुख आतिथ्यतामा समुदघाट्न भएको हो।
महायज्ञ समुदघाट्न गर्दै प्रतिनिधि सभा सदस्य प्रधानले यस धार्मिक स्थलको बिकासको लागि गुरुयोजना मार्फत अगाडी बढन सुझाव दिदै आफुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
लुम्बिनी पेट्रोल पम्पबाट सुरु प्रभात फेरि कलशयात्रा महायज्ञमा स्थलमा आई समुदघाट्न भएको महायज्ञमा लुम्बिनी प्रदेश सदस्य एवं पुर्व मन्त्री खडग बस्नेत,जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल),सुनवल नगरपालिका नगरप्रमुख बिमला अर्याल,नगर उपप्रमुख सुर्य प्रसाद दुवे लगायत सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।
मंसिर ११ गतेसम्म संचालन हुने सुनवल नगरपालिका वडा न ६ का वडाध्यक्ष हिमलाल शर्मा चापागाईंको स्वागत सगै सुरु भएको महायज्ञ समुदघाट्न कार्यक्रम महायज्ञ मुल समितीका सचीव बिष्णु पान्डेको संचालनमा भएको थियो।