परासी।नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि गण्डक ब्यारेजका सबै (३६ वटै) ढोका खोलिएका छन।नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–७ स्थित गण्डक बाँध (ब्यारेज)का सबै ढोका खोलिएका हुन।
गण्डक क्षेत्रमा पानीको बहाव निरन्तर बढ्दै गएपछि ब्यारेजका सबै ३८ वटै ढोका खोलिएको गण्डक ब्यारेजका सम्पर्क तथा भूआर्जन अधिकृत कमला पराजुलीले जानकारी दिइन।
आज बिहान ९:०० बजे गण्डक ब्यारेजमा पानीको बहाव ३ लाख ६२ हजार २ सय क्युसेक क्युसेक मापन गरिएको थियो।
नदीमा शुक्रबार दिउँसोदेखि पानीको बहाव निरन्तर बढिरहेको छ।अधिकृत पराजुलीका अनुसार शनिबार बिहान ७ बजे नदीमा पानीको बहाव तिन लाख ३९ हजार क्युसेक थियो।त्यसपछि निरन्तर पानीको बहाव बढ्दो क्रममा छ।
गण्डक ब्यारेज निर्माण गर्ने बेलामा ब्यारेजको क्षमता नौ लाख क्युसेक भए पनि अहिले ब्यारेज पुरानो भएका कारण पानीको बहाव ६ लाख क्युसेकसम्म धान्न सक्ने बताइएको छ।
पश्चिम नवलपरासीमा खोलानालामा पानीको सतह बढेपनी हालसम्म कुनै क्षति नभएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिईन।सबै सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको श्रेष्ठले बताइन।