ट्रेन्डीङ्ग

सवारी दुर्घटना परि नवलपरासीमा एकको मृत्यु

परासी।पश्चिम नवलपरासीमा सवारी दुर्घटनामा परि एकजना युवाको मृत्यु भएको छ।हुलाकी सडक ढोडपाली चोकमा ट्रकको ठक्करवाट मोटरसाइकल चालक ३६ बर्षीय प्रेम ढागीको मृत्यु भएको हो।

रामग्राम नगरपालिका वडा नं.०९ जोकाबर निवासी गम्भीर घाईते ढागीलाई परासी स्थिति पृथ्वीचन्द्र अस्पताल पुर्‍याए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी प्रवक्ता एवं डिएसपी रेशम बोहराका अनुसार सोमबार साझ साढे ७ बजेतिर रामग्राम नगरपालिका वडा ४ हुलाकी सडक खण्डमा ना.८ ख. ७५४९ नम्बरको ट्रकले ढागी सवार लु.प्र.०१-००२ प २०५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

चालक र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ।शव अस्पतालमा रहेको प्रहरिले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?