सुनवल । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन(प्याब्सन) सुनवलले एक सामुदायिक विद्यालयलाई स्टेशनरी सामाग्री वितरण गरेको छ।प्याब्सनले एक कार्यक्रम गर्दै सुनवल-६ तिलकानामा रहेको वाल्मिकी आधारभूत विधालयलाई १०० जना विधार्थीलाई पुग्ने गरि स्टेसनरी सामाग्री हस्तारण गरेको हो ।
प्याब्सनको वार्षिक कार्ययोजना अनुरुप सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत स्टेशनरी सामाग्री वितरण गरिएको सुनवल प्याब्सनका अध्यक्ष कृष्ण शर्माले जानकारी दिए।अध्यक्ष शर्माले वैशाख भित्र विधालयलाई आवस्थ्यक पर्ने दुइ थान कम्प्युटर हस्तान्तरण गरिने बताउदै नगरपालिकाले जुन पूर्ण रुपमा नि:शुल्क अध्यापन घोषणा गर्छ सोहि विद्यालयमा आवस्थाकता अनुसारका शैक्षिक सामाग्री वितरण गर्दै जाने योजना रहेको बताए।
स्टेशनरी हस्तान्तरण कार्यक्रममा बोल्दै सुनवल नगरप्रमुख विमला अर्यालले निजि तथा सामुदायिक विधालयले एकअर्कोलाई सहयोग र सहकार्य गर्दै अगाडी जानुपर्ने बताइन । नगरप्रमुख अर्यालले सुनवलको शिक्षामा गुणस्तरीय परिवर्तन ल्याउन सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र भौतिक सुधारलाई प्राथमिकतामा दिदै र संस्थागत विद्यालयसगँ समन्वय गर्दै अगाडि बढ्ने बताइन।
प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले प्याब्सनको सहयोगले सामुदायिक र निजि विधालयको बिचको फरक धार मेटने धारण व्यक्त गर्दै बालबालिकाको पढाइमा रचनात्मक भुमिका हुने बताए।
कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष हिमलाल शर्मा,नगर शिक्षा शाखा अधिकृत पशुपति भट्टराई,प्याब्सनका प्रदेश सचिव धनराज चापागाईं ,प्याब्सन नवलपरासी सल्लाहाकार थमन शेरचन,प्याब्सन नवलपरासी वरिष्ठ उपाध्यक्ष डम्बर गुरुङ,विद्यालयकि प्रअ सिता न्यौपाने,विद्यालय व्यवस्थापन समितिको सदस्य विष्णु रोका , पत्रकार नारायण सुवेदी लगायतको उपस्थिति रहेको प्याब्सन सचिव चोलाकान्त रेग्मीले जानकारी दिए।
कक्षा ३ सम्म अध्यापन हुने वाल्मिकी आधारभुत विद्यालयमा केहि दिन अगाडी सुनवल नगरपालिकाले नि:शुल्क अध्यापन गराउने घोषणा गरेको थियो।