ट्रेन्डीङ्ग

विजयनगर शहिद स्मृति प्रतिस्ठानको अध्यक्षमा कार्की

सुनवल।पश्चिम नवलपरासीको सुनवल -४ मा रहेको विजयनगर शहिद स्मृति प्रतिस्ठानको चौथो अधिवेशन सम्पन्न भएको छ।सहिद स्मृति प्रतिस्ठान तदर्थ समितिका संयोजक मोहन कार्कीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य खडग बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।


अधिवेशनमा बोल्दै बस्नेतले शहीद राष्ट्रका गहना भएकाले योगदान र इतिहासलाई संरक्षण गर्नुपर्ने बताए । प्रतिस्ठानले बर्ग उत्थान सहित आवश्यक पर्दा सहिद परिवारलाई सहयोग गर्नु जोड दिए । बस्नेतले प्रतिस्ठानको बिकास र सहिदको परिवारलाई आवश्यकता पर्दा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं राज्यमन्त्री घनस्याम यादवले सहिद प्रत्यक्ष रूपमा अधिकारको लागि लडेर ल्याएकोले विर्सन नहुने सदैव सम्मान गर्नुपर्नेमा जोड दिए।

यादवले सहिद राज्यका वास्तविक भगवान हुन त्यसैले दोसल्ला ओठाएर परिवारको सम्मान नहुने भौतिक अवस्था परिवर्तन भए मात्रै गर्नु सहिद प्रति वास्तविक सम्मान हुने बताए।

अधिवेशनमा मन बहादुर थापा,अडिक बिक,रामप्रसाद ढकाल,वीर बहादुर बिक लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

माओवादी सेना र नेपाल आर्मी बिच रमवापुरमा भएको युद्धमा भएका सहिदको स्मृतिमा निर्माण गरिएको हो।सहिद तथा वेपत्ता परिवारलाई सम्मान गरिएको उपाध्यक्ष तारा बहादुर बलालले बताए। कार्यक्रम समीक्षा सिंजापतीको संचालनमा भएको थियो।

अधिवेशनले मोहन कार्की अध्यक्षतामा ११ सदस्य कार्यसमिति चयन गरेको छ ।

जसको उपाध्यक्षमा तारा बहादुर बलाल,सचीवमा समिक्षा बलाल  सिजापती, कोषाध्यक्षमा इन्द्र प्रसाद शर्मा सुवेदी र सहसचिवमा राजकुमार तिवारी चयन भएका हुन।

त्यसैगरी सदस्यहरुमा क्रमशःसोमप्रसाद पौडेल ,इश्वर केसी, आरति रसाइली,युवराज अर्याल,स्मृति बिक र लिलाबल्लब पाण्डे चयन भएका छ।लेखा समिति संयोजकमा खडग राना र सदस्यहरुमा सुमित्रा केसि र समीर खान चयन भएका हुन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?