ट्रेन्डीङ्ग

रामग्राम क्षेत्र निजी कम्पनीसँगको सम्झौता प्रक्रिया खारेज गर्न लेखा समितिको निर्देशन

परासी । लुम्बिनी विकास कोषले रामग्राम क्षेत्रको विकासको जिम्मा निजी कम्पनीलाई दिन थालेको प्रक्रिया खारेज गर्न संसदको सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ ।

आज सिंहदरबारस्थित लेखा समितिको हलमा बसेको बैठकले पश्चिम नवलपरासीको रामग्राम क्षेत्र विकासको जिम्मा निजी कम्पनीलाई दिने प्रक्रिया खारेज गर्न निर्देशन दिएको हो ।

साथै सो निर्णय प्रक्रियामा संलग्नमाथि अनुसन्धान गर्नपनि सरकारलाई निर्देशन दिइएको समितिका सचिव एकराम गिरीले जानकारी दिए ।

गौतम बुद्धको अस्थिधातु राखिएका प्रमुख स्थानमध्ये एक रहेको रामग्राम विकासको जिम्मा प्रमिस्ड ल्यान्डलाई दिन प्रक्रिया अघि बढाएपछि त्यसको विरोध भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?