सुनवल । नेकपा एमाले सुनवल नगर कमिटि वडा नम्बर ४ र ९ वडा कमिटि गठन गरेको छ । वडा नम्बर ४ मा भीमा देवी शर्मा र वडा नम्बर ९ मा याम बहादुर रानालाई सर्वसमत अध्यक्षमा चयन गर्दै वडा कमिटी गठन गरेको हो ।
वडा नम्बर ४ मा उपाध्यक्षमा नन्द प्रसाद गुरुङ , सचिवमा कमला सारु सहित ३१ जना सदस्य रहेका छन् । भने वडा नम्बर ९ मा उपाध्यक्षमा दिपनारायण चौधरी,सचिवमा मुक्ति राम पराजुली सहित ३१ सदस्य रहने गरि वडा कमिटि गठन गरिएको सुनवल नगर कमिटि अध्यक्ष दुर्गा सुवेदीले जानकारी दिए।
पहिलो चरणमा वडा नम्बर ४ र ९ मा कमिटि गठन गरिएको र विस्तारै अन्य वडामा पनि गठन गर्दै नगर अधिवेशन गरिने अध्यक्ष सुवेदीले जानकारी दिए ।