ट्रेन्डीङ्ग

सुनवल युवा सम्मेलन – २०८० बाट जारि घोषणा पत्र स्थानीय तहमा बुझाए

सुनवल । वेदः सिर्जनशिल संस्थाले गत पुष २६ गते देखि २८ गतेसम्म सन्चालित सुनवल युवा सम्मेलनबाट जारि घोषणा पत्र ३ पालिकामा बुझाएको छ । सुनवल -१२ भुमहिमा सम्पन सम्मेलनले जारि गरेको रामनगर घोषणा पत्र-२०८० पश्चिम नवलपरासीका सुनवल नगरपालिका,रामग्राम नगरपालिका र सरावल गाउपालिकामा बुझाएका हुन् ।

“स्थानीय पहल विश्वब्यापी आभाष :उद्यमी युवा समृद्धि र विकास” भन्ने मुल नाराका साथ संस्थाले सुनवल – १२ भुमहीमा जिल्लाका सुनवल नगरपालिका,रामग्राम नगरपालिका र सरावल गाँउपालिकाका युवाहरु सम्मेलित सुनवल युवा सम्मेलन–२०८० ले समाजको उन्नति तथा युवा सशक्तिकरणका लागि युवाका सवालहरुलाई सम्बोधन गर्न सुनवल युवा सम्मेलन–२०८० “रामनगर घोषणा पत्र” पनि जारी गरेको थियो ।

तिन दिनसम्म चलेको सम्मेलनमा सहभागि युवाहरुबाट सकलित सुझावबाट जारि गरिएको घोषणा पत्र बुझाइएको सस्थाका अध्यक्ष यमन भण्डारीले जानकारी दिए । घोषणा पत्र बुझ्दै सुनवल नगरपालिका नगरप्रमुख विमला अर्याल,रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादव र सरावल गाउपालिका अध्यक्ष सुखाडी चौधरीले युवाहरुका मागलाइ सहयोग गर्ने बजेटमा पनि युवा लक्षित कार्यक्रमहरु राख्ने प्रतिवद्दता व्यक्त गरको थिए। युवाले स्थानीय तहको विकासका लाइ सहयोग र सकारात्मक कदम चाल्दै उत्पादन सग जोडीएर काम गर्न आग्रह समेत गरेका थिए कार्यक्रम संयोजक कृष्ण घिमिरेले जानकारी दिए। 

सुनवल युवा सम्मेलन–२०८० रामनगर घोषणा पत्र

१. युवाहरुको सहभागितामा लुम्बिनि प्रदेश युवा निति यथाशिघ्र निर्माण गरी हरेक युवाहरुलाई अपनत्व हुने गरी कार्यन्वयनका लागि बिशेष पहल गर्ने।

२.स्थानीय तथा प्रदेश सरकारको योजना तथा निति निर्माणमा युवाहरुको सहभागिता तथा भूमिका विषयमा स्थानीय तथा प्रदेश सरकारसंग संवाद गर्ने र त्यसको कार्यान्वयनका निम्ति सक्रिय रुपमा युवाहरुलाई परिचालन गर्ने ।

३. स्थानीय स्तरबाटै लैंगिक समानताका निम्ति युवाहरुको भूमिका निर्धारण गरि सबै क्षेत्रहरुमा बराबर अर्थपूर्ण लैंगिक सहभागिताको सुनिश्चितता गराउन युवाहरुलाई सक्रिय रुपमा अगाडि बढाउने ।

४. युवाहरुको सहभागीताहरुलाई संस्थागत गर्नका लागि सबै पालिकामा युवा मैत्री स्थानिय शासन लागु गर्न पहल गर्ने।

५. सरसफाई तथा वातावरण संरक्षणका लागि टोल सुधार समिति तथा स्थानिय समुह, क्लब तथा संघसंस्थालाई उत्तरदायि वनाउने ।
६. युवाहरुलाई स्वदेशमै टिकाउन रोजगारी, सिप विकास तथा उद्यमशिलता विकासका लागि उचित नीति, कार्यक्रम तथा बजेट व्यवस्थापन गर्न ३ वटै सरकारसंग पहल गर्ने।

७.निशुल्क गुणस्तरिय शिक्षाको व्यवस्थाका लागि पैरवि गर्ने।

८. स्थानिय पर्यटकिय तथा धार्मिक क्षेत्रको संरक्षण, विकास र प्रवद्र्धनका लागि समुदाय स्तरबाटै पहल र पैरवी गर्ने ।

९. सबै पालिकामा युवा सशक्तिकरण तथा युवाहरुको आवाज सुन्नका लागि संरचना तथा मञ्च निर्माण गर्नका लागि पैरवि गर्ने ।

१०. दिगो विकासका लक्ष्यहरुको स्थानियकरण तथा प्राप्तिका लागि स्थानियस्तर मै सक्रिय युवा भुमिका निर्वाह गर्ने ।

११.सामुदायिक शान्ति तथा अमनचयनका लागि आपसी भाईचारा तथा सम्बन्धहरुलाई बलियो बनाउनका लागि सम्बन्धित निकायहरुसंग सहकार्य गर्ने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?