सुनवल । वाक्वाणि माध्यामिक विद्यालय सुनवल ११ जर्गाहाले ५२ औंं वार्षिकोत्सव एवं अभिभावक दिवस मनाएको छ । विद्यालयले विविध सांस्कृतिक कार्यक्रम सहित पुरस्कार तथा छात्रवृत्ति वितरण गरि मनाएको हो ।
वार्षिकोत्सब कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख विमला अर्यालले विद्यालय व्यवस्थापन समितिको सहयोग र शिक्षक शिक्षिकाको सृजनशिल भएकै कारण विद्यालयमा गुणस्तरीय शिक्षा प्राप्त भैरहेको बताउदै नगरपालीकाले विद्यालयलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरीन।
विद्यालय सुधारमा अभिभावकको महत्त्वपूर्ण भुमिका हुने बताउदै विद्यार्थीको घर नै पहिलो पाठशाला भएको हुनाले समाज रुपान्तरणको शिक्षा पहिलो आधार बनाइ नैतिक शिक्षा संस्कार अनुशासन सिकाउनु पर्नेमा कुरामा जोड दिइन।समुदायमा आधारित सामुदायिक विद्यालय भएको हुनाले अभिभावकले सामुदायिक विद्यालयमा नै पढाउन प्रेरित गर्नुपर्ने बताउदै सुनवल नगरले संवैधानिक अधिकार अन्तर्गत आगामी बर्षदेखि कक्षा ३ सम्म नि:शुल्क शिक्षाको अभियानलाई कार्यान्वयन गर्न लागेको बताईन।
त्यस्तै नगर उपप्रमुख सुर्य प्रसाद दुबेले सुनवललाई शिक्षाको क्षेत्रमा जिल्ला मैई उत्कृष्ट बनाउने योजना रहेको बताउदै सामुदायिक विद्यालयको शिक्षा सुधारका लागि विभिन्न खाले योजना बनाएको बताए।
कार्यक्रममा सुनवल नगर शिक्षा शाखा प्रमुख विष्णु गोतामेले सामुदायिक विद्यालयको शैक्षिक सुधारका सोच विचारमा विभेद गर्न नहुने बताउदै मत र मतान्तर हुने राजनीतिलाई विद्यालयको चौधेरा बाहिर राख्नुपर्ने बताए ।
कार्यक्रममा सुनवल नगरपालिकाका प्रशासकीय अधिकृत चेतनाथ गिरि,विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष गोविन्द डुम्रे,सार्वजनिक विद्यालयका प्राचार्य भविस्वर चापागाईं ,विद्यार्थीद्वय अस्टिना पाण्डे,दिवस पाण्डे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक रानाको अध्यक्षतामा र शिक्षक चुरामणी भण्डारीको स्वागत तथा शिक्षक टंक प्रसाद सुवेदीको संचालनमा भएको कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक भोलाप्रसाद न्यौपानेले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयम ६ सय ७ जना बिद्यार्थीले पठनपाठन गर्दछन भने ३५ जना शिक्षक कर्माचारी कार्यरत रहेको बताए।
विभिन्न विद्यामा उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कार तथा छात्रवृत्ति वितरण गरिनुका साथै कार्यक्रम अवधीभर विद्यार्थी शिक्षकहरुको सांस्कृतिक प्रस्तुती गरेका थिए।अभिभावक हाजिरीजवाफ प्रतियोगिता समेत गरिएको थियो जसमा १३ जना अभिभावक प्रतियोगी बनेका थिए।नगर तथा जिल्ला स्तरीय कार्यक्रममा सहभागी भई उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको शिक्षक युवराज पाण्डेले जानकारी दिए।