ट्रेन्डीङ्ग

आधारभूत तह स्तरीय फुटबल प्रतियोगिताको उपाधी जगन्नाथ मावीलाई

सुनवल । आधारभुत तह स्तरीय फुटबल प्रतियोगिताको उपाधी जगन्नाथ मावीले जितेको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा संचालित आधारभुत तह स्तरीय सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधी जगन्नाथ माविलेले प्राप्त गरेको छ ।

वाक्वाणी मावी जर्गहालाई १ गोल गर्दै जगन्नाथले उपाधी हात पारेको हो ।
त्यसैगरी ध्यान्यान्चल माध्यामिक विद्यालयलाई पेनाल्टी सुटआउटमा १ का विरुद्ध २ गोल गर्दै अरनिको माध्यमिक विद्यालय असनैयाले तेस्रो स्थान हासिल गरेको छ ।

पहिलो सेमिफाइनमा ध्यान्यान्चल मावी हराउदै वाक्वाणी मावि फाइनलमा प्रवेश गरेको थियो भने दोस्रो सेमिफाइनलमा अरनिको मावि र जगन्नाथ मावी प्रतिस्पर्धा गरेका थिए ।
विद्यालयको २६ औं बार्षिकउत्सवको पुर्वसन्ध्या आयोजनामा गरिएको प्रतियोगितामा सुनवल नगरपालिका भित्रका १४ विद्यालय सहभागी रहेका धान्याचल माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्य प्रसाद न्यौपानेले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?