ट्रेन्डीङ्ग

प्याब्सन सुनवल नगर स्तरीय हाजिरजवाफ प्रतियोगितामा रामनगर एकेडेमी प्रथम

सुनवल । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सुनवलको आयोजनामा माध्यमिक तहको हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । सुनवल नगरभित्र रहेका १४ निजि तथा आवासीय विद्यालय सहभागी प्रतियोगितामा रामनगर एकेडेमी प्रथम भएको हो ।

त्यसैगरी दोस्रो, तेस्रो , सान्त्वना क्रमशः सुनवल लोटस, सुनवल युनाइटेड र साकुरा मेमोरियल एकेडेमी भएका हुन । उत्कृष्ट विद्यालयलाई आकर्षक पुरस्कार सहित शिल्ड , मेडल , प्रमाणपत्र प्रदान गरिएको प्याब्सन सुनवलका सचीव चोलाकान्त रेग्मीले दिए।

प्याब्सन सुनवलका अध्यक्ष कृष्णप्रसाद शर्माको अध्यक्षतामा प्याब्सन नवलपरासीका वरिष्ठ उपाधक्ष्य श्री डममर गुरुङ प्रमुख आतिथ्यतामा अन्नपूर्ण इङ्ग‌लिश वोर्डिङ स्कुल सम्पन्न भएको प्याब्सन सुनवलका सदस्य दिपक पौडेलले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?