![](http://safalpost.com/wp-content/uploads/2024/01/राष्ट्रपती-कप-प्रथम--scaled.jpg)
सुनवल । पश्चिम नवलपरासीको सुनवलमा नगरस्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ।
सुनवल नगरपालिकाको आयोजना र धान्यान्चल माविको संयोजनमा सम्पन्न प्रतियोगिताको उपाधि महाकवि देवकोटा माविले जितेको छ । देवकोटाले १० स्वर्ण, ६ रजत ४ कास्य पदक सहित प्रथम भएको छ।
प्रथम भएको देवकोटाले शिल्ड,मेडल र प्रमाणपत्र पाएको सुनवल शिक्षा शाखा अधिकृत पशुपति भट्टराईले जानकारी दिए । यस्तै जगन्नाथ मावि दोस्रो भएको छ । उसले ५ स्वर्ण, ३ रजत र ४ कास्यपदक हात पारेको छ।
अन्नपूर्ण ई बोर्डिङ स्कुलले तेस्रो हुदै ४ स्वर्ण १ रजत सहित प्रमाणपत्र पाएको छ ।
त्यसैगरि उत्कृष्ट खेलाडीमा भलिबलको छात्रतर्फ रमावापुरका समिर सुनार, छात्रातर्फ जनसेवाकि कल्पना घर्ती मगर भएकी छन।कब्बडीमा छात्रातर्फ प्रगति माविकी सबिना चौधरी र छात्रतर्फ जगन्नाथ माविका धर्मवीर गुप्ता उत्कृष्ट हुँदा एथलेटिक्समा देवकोटा माविका आयन रुचाल र देवकोटा कै देविसरा हिस्सी मगर उत्कृष्ट भएकि छन ।
प्रतियोगितामा सुनवल नगर भित्रका सामुदायिक तथा सस्थांगत गरि २४ विद्यालय सहभागी रहेका थिए । छात्र र छात्राका लागि ५ वटा खेल विधा र २७ वटा खेलहरू सञ्चालन भएका थिए । जसमध्ये भलिबल, कबड्डी, एथलेटिक्स, मार्सल आर्ट (कराते,तेक्वान्दो) हाइजम्म ,लग्जम्पक र सट्फुट खेलहरु सामवेश गरीएको थियो ।
१०० स्वर्ण ,१०० काश्य र १ सय ६२ रजत सहित ३ सय ६२ मेडलका लागि ५ सय ५० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुष २७ गतेदेखि शुरु भएको प्रतियोगिता सोमबार सम्पन्न भएको हो ।