सुनवल । पश्चिम नवलपरासीको सुनवलमा नगर स्तरीय अन्तर विद्यालय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । सुनवल नगरपालिकाको आयोजन र धान्यान्चल माध्यमिक विद्यालयको संयोजनमा भएको तीनदिने प्रतियोगिताको आज एक कार्यक्रमका विच नगरप्रमुख बिमला अर्यालले उद्घाटन गरीन ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख अर्यालले
प्रस्तिस्पर्धी खेलाडीलाई उपाधी प्राप्तिको लागि मात्रै नभई अवसरको रूपमा प्रयोग गर्न आग्रह गरिन । अर्यालले नगरपालिकाले खेलकुदलाई प्राथमिकता साथ अगाडि बढेको बताइन् ।
प्रयोगितामा सुनवल नगर भित्रका सामुदायिक तथा सस्थांगत गरि २४ विद्यालय सहभागी रहेका छन ।
छात्र र छात्राका लागि ५ वटा खेल विधा र २७ वटा खेलहरू सञ्चालन हुनेछन । भलिबल, कबड्डी, एथलेटिक्स, कराते,तेक्वान्दो ,हाइजम्म र लग्जम्पक सामवेश गरीएको सुनवल नगर शिक्षा शाखा अधिकृत पशुपति भट्टराईले जानकारी दिए ।
प्रतियोगितामा २४ माध्यमिक विद्यालयका ५ सय ५० सय खेलाडीले १०० स्वर्ण ,१०० काश्य र १ सय ६२ रजत सहित ३ सय ६२ मेडलका लागि प्रतिस्पर्धा गर्नेछन ।
समुद्द्घाटन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्यप्रसाद न्यौपानेको अध्यक्षता एवं प्राचार्य ऋषिराम भण्डारीको स्वागत र शिक्षक रामराज श्रेष्ठको संचालनमा रहेको थियो ।
कार्यक्रममा सुनवल नगरपालिकाका प्रशासकीय अधिकृत चेतनाथ गिरि,नेकपा एमालेका उपाध्यक्ष डोलराज भण्डारी , रास्वपा सुनवल नगर अध्यक्ष सोभा ढकाल , जिल्ला खेलकुद विकास समिति उपाध्यक्ष रमेश कर्मचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । यसअधि सम्पन्न नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पहिलो धान्यान्चल मावी र दोस्रो महाकवि देवकोटा नमूना माध्यामिक विद्यालयमा भएको थियो ।