सुनवल।पश्चिम नवलपरासीको सुनवलमा नगर स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड-२०८० विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको धान्याचल माध्यमिक विद्यालयमा हुने भएको छ । सुनवल नगरपालिकाको आयोजना र धान्यान्चल माविको समन्वयमा पुष २७ देखि २९ गतेसम्म हुने आज एक कार्यक्रम बीच पत्रकार सम्मेलन जनाइएको छ।
बालबालिकाको बहुआयामिक खेल प्रतिभालाई समेटेर नगर भित्र रहेका विभिन्न खेलसंग सम्बन्धि विद्यार्थीहरुको क्षमता प्रस्फुटन तथा प्रोत्साहन गर्ने साथै खेलक्षेत्रको विकासका निमित्त सुनवल नगरपालिकाले सहयोग पुर्याउदै आएको पत्रकार सम्मेलनमा जनाइएको हो।
पत्रकार सम्मेलनमा बोल्दै सुनवल नगर उपप्रमुख सुर्यप्रसाद दुवेले राष्ट्रपति रनिङ शिल्डको लागि नगरपालिका बिनियोजित रकम ३ लाख बजेट अपुग हुने हुनाले आगामी कार्यपालिकाले २ लाख रुपैया थपगरि ५ लाख पुराउने साथै अन्य भौतिक सेवाहरु पनि उपलब्ध गराउने प्रतिबद्धता जनाए।उनले खेल मर्यादित र सम्मानित गराउन सबैलाई आ-आफ्नो क्षेत्रबाट लाग्न आग्रह गर्दै सुनवल नगरपालिकाले खेलक्षेत्रको बिकासका लागी विभिन्न वडामा कभर्डहल निर्माण गरेको बताए।
सुनवल नगर शिक्षा शाखा प्रमुख बिष्णु गोतामेले विद्यालयकै शैक्षिक क्यालेन्डर अनुसार जाडो विदा पर्ने गरि पढाइ कुनै असर नगर्ने गरि विद्यार्थीको क्षमता प्रस्फुटन गर्ने उद्देशय सहित प्रतियोगिता आयोजना गरिएको बताए।
जिल्ला खेलकुद बिकासका उपाध्यक्ष रमेश कर्माचार्यले सुनवल नगरपालिका भित्रका खेलाडीहरुको बाहिर जिल्लामा गएर उत्कृष्ट प्रदर्शन गरि उपाधी हासिल गरि आएका तर नगरले संरक्षणका लागि कुनै पहल नगरेको प्रती दु:ख व्यक्त गर्दै जिल्ला खेलकुद बिकास समितिले त्यस्ता खेलाडीलाई छनौट गरेर बन्द प्रशिक्षणमा राखी राष्ट्रिय स्तरको खेलखेल्न सक्ने वातावरण बनाउने बताए।
त्यसै धान्याचल विद्यालय व्यवस्थापन समितीका अध्यक्ष सुर्यप्रसाद न्यौपानेले पछिल्लो परिस्थितिमा युवाहरूमा खेलकुद प्रती रुचि घट्दै गएको हुनाले नगरपालिकाले खेलकुदमा प्रयाप्त बजेट बिनियोजन गरि विभिन्न समयमा विभिन्न खेलहरुको आयोजना गर्नुपर्ने बताए ।
कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थी सामेल हुने उक्त प्रतियोगितामा सुनवल नगर भित्रका सामुदायिक तथा सस्थांगत गरि २० देखि २५ विद्यालय सामेल हुने र जसमा भलिबल, कबड्डी, एथलेटिक्स, मार्सल आर्ट (कराते,तेक्वान्दो), हाइजम्म र लग्जम्प लगायतको खेलहरु सामवेश गरीएका छन।
विद्यालयका प्राचार्य ऋषिराम भण्डारीको स्वागत साथै शिक्षक राजाराम श्रेष्ठको संचालन रहेकोे कार्यक्रममा सुनवल नगरपालिका-१३ का अध्यक्ष एवं नगर प्रवक्ता कृष्णप्रसाद बगाले,शिक्षा शाखा अधिकृत पशुपति भट्टराई,प्याब्सन सुनवल अध्यक्ष कृष्ण प्रसाद शर्मा,विभिन्न विद्यालयका खेलकुद शिक्षक,धान्यान्चल माविका व्यवस्थापन तथा अभिभावक संघ समिति सदस्यहरु लगायत सरोकारवालाको उपस्थिति रहेको थियो।