ट्रेन्डीङ्ग

युएईका प्रतिष्ठित व्यापारी शेख माघ १ गते सुनवल आउने

सुनवल । यूनाइटेड अरब एमीरेट्सका प्रतिष्ठित व्यापारी डा.बु अब्दुल्लाह शेख सुनवल आउने भएका छन । हाम्रो सुनवल निर्माण सत्मार्ग महायज्ञ मुल समारोह समितिको आयोजनामा माघ १ गतेदेखि सुनवलको सी गेटमा हुने महायज्ञको उद्घाटनका लागी आउने भएका हुन ।

गिनिज बुकमा नाम लेखाउन सफल अन्तर्राष्ट्रिय उधोगपति समेत रहेका अब्दुल्लाह महायज्ञको उद्घाटनका लागि प्रमुख अतिथिको रूपमा सुनवल आउन लागेको महायज्ञ मुल समारोह समितिका संयोजक भिमबहादुर थापाले जानकारी दिए ।युएई भ्रमणमा रहेका महायज्ञका सकल्पकर्ता एवं बाल व्यास श्रवण न्यौपानेले निमन्त्रणा दिएको र अब्दुल्लाह आउने प्रतिबद्दता व्यक्त गरेको महायज्ञ मुल समारोह समितिका महासचिव प्रदिप अर्यालले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?