पाल्पा । पाल्पाको रामपुरमा आगालागी हुदा २५ लाख भन्दा बढीको क्षति भएको छ । रामपुर नगरपालिका–८ एक्लेटार खम्चुवास्थित रामप्रसाद न्यौपानेको घरमा विद्युत सर्ट भइ आइतबार दिउँसो साढे २ बजेको समयमा न्यौपानेको तीन तले घरमा आगोलागी भएको हो।
रामपुर नगरपालिकाको दमकलको सहयोगमा प्रहरी र स्थानीयले पौने ४ बजेको समयमा आगो नियन्त्रणमा लिएको प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
आगोलागीबाट न्यौपानेको घर पूर्ण क्षति भएको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक शालिकराम खनालले जानकारी दिए।
आगोलागीबाट घरभित्रको अन्नपात,लत्ताकपडासहित नगद ९२ हजार र ३ तोला सुन समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ।