बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं.-९ पन्चनगरमा रहेको राजा महात्मा पूर्णभद्र माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको तयारी अन्तिम चरणमा पुगेको छ ।
विविध कार्यक्रम सहित पौष १५ गते देखि २१ गतेसम्म मनाइने स्वर्ण जयन्ती मनाउन संविधान सभा सदस्य बिक्रम खनालको संयोजकत्वमा ५९ सदस्यीय स्वर्ण जयन्ती महोत्सव मुल समारोह समिति र २६ सदस्यीय विभिन्न उपसमिति गठन गरिएको तयारी अन्तिम चरणमा बिहीबार पत्रकार सम्मेलन आयोजना गरी जानकारी गराइएको छ ।
पत्रकार सम्मेलनमा संयोजक खनालले स्वर्ण जयन्तीको स्मारक निमार्ण अन्तिम चरणमा पुगी सिङ्र्मरमा नाम लेख्ने काम,मन्च व्यवस्थापन तथा बिजुली बत्तिको व्यवस्थापन ,विद्यालयमा अतिरिक्त क्रियाकलापहरु सञ्चालन र दाताहरुसँग सहयोग संकलन भइरहेको बताए ।
स्वर्ण जयन्ति सञ्चालनको लागि ५० लाख रुपैयाँ संकलन हुने अपेक्षा गरिएकोमा र हालसम्म ४१ लाख बढी संकलन भईसकेको खनालले जानकारी दिए ।
स्वर्ण जयन्ती पुष १५ गतेदेखि समुद्घाटन प्रश्चात सप्ताहव्यापी कार्यक्रममा स्मारक लोकार्पण , जिल्ला स्तरीय जिल्ला स्तरीय वक्तृत्वकला, जिल्ला स्तरीय भलिबल प्रतियोगिता ,नगरपालिका स्तरीय दौड प्रतियोगिता, खाना महोत्सव र दिप प्रज्वलन गरिने दैनिक राष्ट्रिय कलाकारहरुको तथा स्थानिय संस्कृति झल्किने गरी विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ ।
त्यसैगरी विद्यालयका संस्थापक,पुर्व शिक्षक सम्मा,पुर्व व्यवस्थाप समिति पुर्व विभिन्न उपसमिति,चन्दादाता, दानदाता साथै पुर्व विद्यार्थी पुर्नमिलन तथा सम्मान कार्यक्रमको तयारी भएको समितिले जनाएको छ ।
कार्यक्रमको समुद्घाटनको प्रमुख अतिथिको रुपमा नेपाल सरकारको सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्मालाई निमन्त्रणा गरिएको र यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने विभिन्न तहका जनप्रतिनिधिहरु विभिन्न फरक-फरक दिनको प्रमुख अतिथिको रुपमा रहने खनालले जानकारी दिए।