ट्रेन्डीङ्ग

जनता आधारभूत विद्यालय हरकट्टा ३३ औं बार्षिकोत्सव एवं २ कोठे भवनको उद्घाटन

सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका – १२ हरकट्टामा अवस्थित जनता आधारभूत विद्यालयको ३३ औं बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयप्रकाश चौधरीको अध्यक्षता एवं सुनवल नगरपालिकाका नगर उपप्रमुख सुर्यप्रसाद दुवेको प्रमुख आतिथ्यतामा बार्षिकोत्सव एव राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको दुई कोठे भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर उप प्रमुख सुर्य दुवेले नगरको शैक्षिक क्षेत्रको बिकासका लागि पन्चवर्षिय योजना बनाएर अगाडि बढेको बताए । विद्यालयको गुणस्तर तथा भौतिक बिकासका लागि सदैव सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
 
विद्यालयमा बालबिकासमा एसि सहित सुविधा सम्पन्न कक्षाको र कम्प्युटर ल्याब सहित अंग्रेजी माध्यमबाट बालबिकासदेखि कक्षा ८ सम्म पढाई हुने र २ सय ६२ विद्यार्थीले अध्ययनरत छ्न भने शिक्षक कर्मचारी गरि १८ जना कार्यरत रहेको विद्यालयका प्राचार्य गणपति भट्टराईले जानकारी दिए ।

विद्यालयसंग अन्तर सम्बन्ध कायम गर्दै जाने असल अभ्यासको साटासाट गर्दै शैक्षिक गुणस्तर वृद्धि गर्दै जाने व्यवस्थापन समितिका अध्यक्ष जयप्रकाश चौधरीले बताए ।

कार्यक्रममा कक्षागत तहमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार एवं छात्रवृत्ति वितरण , अक्षयकोष दाता, भुमीदाता विद्यालयका संस्थापक संचालन समिति शिक्षक शिक्षिका , विभिन्न प्रतियोगितामा र खेलकुद प्रतियोगितामा सहभागी भइ उत्कृष्ट नजिता दिने विद्यार्थी खेलाडी साथै उत्कृष्ट नतिजा दिने शिक्षक शिक्षिका प्रशंसा पत्र सहितले सम्मान गरिएको थियो ।

कार्यक्रममा सुनवल नगरपालिकाका नगर शिक्षा शाखा अधिकृत पशुपति भट्टराई , निर्वतमान वडा अध्यक्ष यामलाल पाण्डे , विद्यालय व्यवस्थापन संजाल सुनवल अध्यक्ष सुर्यप्रसाद न्यौपाने , अक्षयकोष स्थापना संयोजक संयोजक सोमनाथ काफ्ले ,अक्षयकोष दाता नवलपरासी सेवा समाज युएईका प्रतिनिधि , विद्यालय व्यवस्थापन समिति सदस्य रुपा डुम्रे अभिभावक लगायत शैक्षिक व्यक्तित्वहरुहरुको उपस्थित रहेको थियो ।

कार्यक्रम अवधिभर सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।विद्यालयका शिक्षिका फुलमाया खनालको स्वागत र कार्यक्रमको संचालन शिक्षक मदन सुवेदीको रहेकोे थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?