ट्रेन्डीङ्ग

जगन्नाथ मावीले मनायो ६३ औं बार्षिकोत्सव एवं अक्षयकोष छात्रवृत्ति वितरण

सुनवल । पश्चिम नवलपरासी सुनवल नगरपालिका – १२ भुमहीमा स्थित जगन्नाथ माध्यामिक विद्यालयको ६३ औं बार्षिकोत्सव एवं अक्षयकोष छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर क्षेत्रीको अध्यक्षता एवं सुनवल नगरपालिकाका नगर उपप्रमुख सुर्यप्रसाद दुवेको प्रमुख आतिथ्यतामा बार्षिकोत्सव एव छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको हो ।

बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर उपप्रमुख दुवेले रामनगर क्षेत्रको शिक्षा बिकासमा जंग बसाल्न विद्यालयको ठुलो योगदान गरेको बताए ।

सामुदायिक विद्यालयहरुले निरन्तर रूपमा उदारणिय गुणस्तर शिक्षा दिदै आएको बताउदै शिक्षा सुधारको निति बनाएर अगाडि बढेको बताए ।

कार्यक्रममा कक्षा १२ , एसईई र विविध कक्षागत तहमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार एवं छात्रवृत्ति वितरण , अक्षयकोष स्थापना गर्ने र विभिन्न प्रतियोगितामा र खेलकुद प्रतियोगितामा सहभागी भइ उत्कृष्ट नजिता दिने विद्यार्थी खेलाडी साथै उत्कृष्ट नतिजा दिने शिक्षक शिक्षिका प्रशंसा पत्र सहितले सम्मान गरिएको थियो ।

विद्यालयमा स्थायी अस्थायी र निजि श्रोत गरि शिक्षक कर्मचारी ७१ जना र अंग्रेजी तथा नेपाली दुवै माध्यम अध्यापन हुने विद्यालयमा बाल बिकासदेखि कक्षा १२ सम्म १ हजार १५ सय ३० विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्राचार्य कर्णबहादुर रहादी मगरले जानकारी दिए ।

काठमाडौ स्थित बुढानिलकण्ठ विद्यालयको सम्बन्ध प्राप्तको प्रक्रिया अगाडि बढाइएको र अन्य विद्यालय संग अन्तरसम्बन्ध अगाडि बढाउदै जाने योजना रहेको बताउदै शिक्षा सुधारका लागि टोल शिक्षा सुधार गठन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर क्षेत्रीले बताए ।

विद्यालयका सहायक प्राचार्य शिक्षक तुलबहादुर घिमिरेको स्वागत सगै शिक्षिकाद्वय कमला घिमिरे र लक्ष्मी ढकालले संयुक्त रुपमा कार्यक्रमको संचालन गरेका थिए ।

कार्यक्रममा सुनवल नगरपालिकाका प्रवक्ता एवं वडा -१३ का अध्यक्ष कृष्णप्रसाद बगाले , वडा १२ का अध्यक्ष चुरामणी पौडेल , वडा ११ का अध्यक्ष कमल चुवाई निर्वतमान अध्यक्ष यामलाल पाण्डेय , नगर शिक्षा शाखा अधिकृत पशुपति भट्टराई, भुमि आयोग नवलपरासी प्रमुख देवराज भण्डारी , विद्यालय व्यवस्थापन संजाल सुनवल अध्यक्ष सुर्यप्रसाद न्यौपाने , विधार्थी बिन्दु पाण्डे लगायत शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा विद्यालयको वार्षिक प्रतिवेदन विद्यालयका प्राचार्य कर्णबहादुर राहादी मगरले प्रस्तुत गरेका थिए । कार्यक्रम अवधीभर विद्यार्थीले विभिन्न किसिमका सांस्कृतिक समेत प्रस्तुत गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?